Logo मंसिर ९, २०७७ मंगलबार


पर्सामा नेकपा कार्यकर्ताबीच भएको झडपमा घाइते एक जनाको मृत्यु

पर्सा । पर्साको विन्दबासिनी गाउँपालिकामा झडपमा घाइते भएका एक जनाको मृत्यु भएको छ ।

विन्दवासिनी गाउँपालिका वडा नम्बर २ का मुकेश चौरसियाको उपचारको क्रममा न्यूरो अस्पताल,वीरगञ्जमा आज विहान मृत्यु भएको हो । मृतक चौरसियाको शव पोष्टमार्टमका लागि वीरगञ्जकै नारायणी अस्पतालमा पठाउने तयारी भएको छ । घटनामा घाइते उत्तम तिवारीको अवस्थामा पनि गम्भीर घाइते रहेको छ । उनको शरीरमा १७ टाँका लगाइएको उपचारमा संलग्न चिकित्सकले जनता समाचारलाई बताए ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विन्दावासनी गाउँपालिकास्तरीय कमिटीको सपथ ग्रहण कार्यक्रममा हिजो दुई पक्षबीच झडप भएको थियो । झडपमा ८ जना कार्यकर्ता घाइते भएका थिए ।

नेकपा पर्सा अध्यक्ष प्रभु हजरा र सचिव बिजय महतो गरी दुई समूहमा विभाजन भएको नेकपाको कार्यकर्ताबीच सपथ ग्रहण कार्यक्रममै कुटाकुट भएको थियो ।

मृतक चौरसिया गाऊँपालिका पार्टी सचिव हुन् । झडपमा महाराज ठाकुर, रञ्जन ठाकुर, जयराम कुमार चौरसिया, राजेश कुमार लगायत घाइते भएका थिए । उनीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पर्सामा पार्टीका कार्यकर्ताहरुबीच भएको झडप र आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ ।

वरिष्ठ नेता नेपालले आज एक विज्ञप्ति प्रकाशित गरि पार्टीको कार्यक्रममा योजनावद्द तरिकाले आफ्नै कार्यकर्ताको हत्या गर्ने र गराउने आपराधिक व्यक्ति वा समुहको पहिचान गरि कडा कारवाही गर्न सरकार समक्ष माग गर्नुभएको छ ।

उहाँले झडपमा ज्यान गुमाएका नेकपा पर्सा जिल्ला कमिटी सदस्य मुकेश चौरसियाको निधनप्रति गहिरो दुख व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गत सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको मन्तव्यलाई…

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।