Logo बैशाख २, २०७८ बिहीबार


नेपाल बङ्गलादेश बैंकद्वारा अनाथालयलाई आर्थिक सहयाेग

भक्तपुर । नेपाल बङ्गलादेश बैंकले अनाथालयलाई  तीन लाख रूपैयाँ आर्थिक सहयाेग गरेकाे छ । बैंकले मुस्कान सेवा नेपाल नामक अनाथालयलाई आर्थिक सहयाेग गरेकाे हाे ।

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भुषण श्रेष्ठ तथा सहायक महाप्रवन्धक सलाेनिका सिंहद्वारा मुस्कान सेवा नेपालकी अध्यक्ष भवानी गुरूङलाई बैंककाे केन्द्रीय कार्यालय रकम हस्तान्तरण गर्नुभयाे ।  मुस्कान सेवा नेपालले कार्यालयका लागि पटक पटक घर सर्नुपर्ने बाध्यता हटाउनका लागि  आफ्नै भवन निमार्ण गरिरहेको छ ।

‘भवन निर्माणका लागि हामीले सहयाेग रकम हस्तान्तरण गरेका हाैं’ नायब प्रमुख कार्यकारी अधिकृत  सुरेन्द्रभुषण श्रेष्ठले भन्नुभयाे ।

बैँकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै आफ्नो उच्च प्राथमिक्तामा राख्दै आएको बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा जानकारी गराएको छ । बैँकले आफ्नो संस्थागत नारा नै “हामी सबैको बैंक” भन्ने रहेकोले सो नारा अनुसारको उद्देश्य प्राप्तिका लागि समाजका हरेक वर्गका सर्वसाधारणहरुको जीवन स्तरमा उत्थान गर्न सहयोग गर्ने लक्ष्य रहेको बताएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घाइते तामाङको विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।