Logo मंसिर १०, २०७७ बुधबार


यी तीन कारण पढेपछि तपाई पनि नयाँ कपडा धुन थाल्नुहुन्छ

रिता श्रेष्ठ

काठमाडौं । अहिले दशैंको महोल छ । दशै आउने वित्तिकै नयाँ कपडा किन्ने र चिटिक्क बन्ने चाहना धेरैको हुन्छ । यो नेपाली संस्कृति नै बनिसकेको छ ।
नयाँ कपडा किन्ने वित्तिकै रमाएर लगाइहाल्ने अधिकांशको बानी हुन्छ ।

यदि तपाई नयाँ कपडा किनेर नधोइकन प्रयोग गर्ने गर्नुभएको छ भने तपाईलाई विभिन्न छाला सम्बन्धी समस्याहरु आउन सक्छ । तर तपाईलाई लाग्न सक्छ कि नयाँ कपडा त सफा र सुकिलो हुने गर्छ , फेरि कसरी छालासंग सम्बन्धित समस्या आउन सक्छ ? आउनुहोस्, जानौ नयाँ कपडा धोएर लगाउनु पर्ने कारण :

१. नयाँ कपडामा किटाणु हुन सक्छ :

विशेषज्ञहरुका अनुसार जुन कपडा हामी किनेर ल्याउछौँ त्यसमा विभिन्न किटाणुहरु टाँसिएर रहेको हुन सक्छ । किनकी त्यो कपडा कहाँ बनेको र कस्तो ठाँउमा राखेर बनाइएको छ ? त्यसमा निर्भर रहन्छ । आँखाले नदेख्ने किटाणुहरु यसरी नयाँ कपडा हुदै हाम्रो शरीरमा समेत सर्न सक्ने भएकोले कपडा किनेपछि धोएर लगाउने गर्नुपर्छ ।

२. पहिला नै पसलमा धेरैले ट्राइ गरेको हुन सक्छ :

कपडा किन्नु अघि हामी सुहाउने नसुहाउने र फिट हुने नहुने थाहा पाउन कपडा ट्राइ गर्ने गर्छौ । यसरी नै अरु थुप्रै जनाले ट्राइ गरेको हुन सक्छ । ती व्यक्तिहरुमा पसिना गन्हाउने र छालासंग सम्बन्धित समस्याहरु हुन सक्छन् । कपडा नधोइकन लगाउदा त्यहि समस्या हामीमा पनि सर्न सक्छ ।

३. कपडा बनाउदा प्रयोग हुने केमिकलले असर पार्न सक्छ :

आजकाल कपडामा विभिन्न रंगाई, छपाई र डाई गर्नका लागि कपडामा विभिन्न केमिकलको प्रयोग गरिन्छ । यसले कपडालाई आकर्षक बनाउने गर्छ । तर कपडा नधोइकन प्रयोग गर्दा ती केमिकलको प्रत्यक्ष असर हाम्रो छालामा पर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलको जस्तै बुझाइ नेकपाको दोस्रो पुस्ताका अधिकांश नेता/ कार्यकर्ताहरुले व्यक्त  गरिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिकमा तीन हजार १ सय ४० निको भएका छन् ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दशमलव ८ डिग्री र सबैभन्दा धेरै धनगढीको न्यूनतम तापक्रम १२ दशमलव ५ डिग्री…

अहिले शेयर बजारका लागि हरेक हिसाबले उपयुक्त महोल बनेकाले लगानीकर्ताले लगानी बढाएको देखिन्छ ।

पर्यटक विहीन बनेको ठमेल बजारमा केही दिनयता स्वदेशी उपभोक्ताको चहलपहल बढेको ठमेलका व्यपारीहरुले बताएका छन् ।

कृषि सामग्री कम्पनी लिमिटेडले गत कात्तिक २८ गते ३० हजार मेट्रिक टन बराबरको दोस्रो ठेक्कामा पनि जमानत जफत गर्ने निर्णय…