Logo ८ असार २०७८, मंगलवार


कथा : निरुत्तर दशैं

पुष्पा भण्डारी

कुरा अलि वर्ष अगाडिको हो ।

दशै आयो !
खाउला पिउला
कहाँ पाउला ?
चोरी ल्याउँला
धत् पाप म त छुट्टै बसांैला !

(आँगनमा बिस्कुन् सुकाएको छ, बच्चाहरु पिडीमा खेलिरहेका छन् । धने बारीमा गोरु जोतेर थकित् भएर घर आइपुग्यो ।)

बच्चाहरु –“बाबा बाबा दशैंको नयाँ लुगा किन्न कैले जाने ?” .

“भोलि जाउला है?”

“मलाई त घाँगर चाइन्छ”

“मलाई त जिन्सको पाइन्ट अनि भेस्ट् चाइन्छ”

“मलाई तै ते तिन्ने ?”

दुई छोरा अनि एउटी छोरी खेल्दा खेल्दै आएर धनेको छेउमा बस्छन् ।

धने आफ्नै सुरमा आफैंसँग बोल्दै–

“एक वर्ष पनि कति चाँडै बितेको । अस्ति भर्खर पोहोरको ऋण तिरी सकेको जस्तो लग्छ, कति चाँडै आइ सकेछ दशैँ । पोहोर त बल्ल बल्ल पल्लोघरे मानेले पैसा दिएथ्यो,यसपालि त उसको पनि भर्खरै छोरीको बिहा भएको छ । उसैको ऋण होला । मैले कसरी गर्जो टार्नु होला ? बच्चाहरुको रमाइलो गर्ने बेला सँगैका मान्छेले नयाँ नौलो लगाएका मिठोमसिनो खाएका देखेर इच्छा पनि लाग्दो हो नि । आफ्नो टोपी फाटेर सिलाएर लगाको छु,पातलीलाई पनि बिहामा किनेको धोति बाहेक गतिलो केहि दिन सकेको छैन । बिहा गरेको नि ७ वर्ष भइसकेछ । आफू एक्लै काम गरेर खान नि धौधौ छ, गरिबको घरमा त दशा बनेर आउछ यो दशैँ पनि । आफू त जसरीतसरी चित्त बुझायो, यी लाउ लाउ खाउ खाउ भन्ने उमेरका बच्चाहरुको पो इच्छा कसरी पूरा गर्नु ? अस्ति गोरुले डिठ्ठा साहुको खेति नाश गरेर हर्जना तिर्न राखेको पैसा छ । अब त्यसैले गर्जो चलाउनु पर्ला । अनि भैचालोमा मर्केको खुट्टा पनि पछि उपचार गरौंला । के गर्नु खाउ भने दिनभरीको शिकार नखाउ भने आफ्नै कान्छो बाउको अनुहार…उफ्फ् ”

उसले टोपी खोल्यो र पसिना पुछयो ।

फेरि बच्चाहरु बोले–

बाबा ! यसपालि दशैंको पैसाले त म इन्स्ट्रुमेन्ट बक्स किन्छु !

म त परीको कथा भएको किताब किन्छु !

म त बाबालाई दिन्थु !

“हुनेखाने पो जसो गर्न नि सक्छन् , हामी भए खानेलाई किन हेप्या होला भगवानले पनि , दैब पनि एकै चोटी लाग्छ भुइचालोले बनाएको घाउ अझै आलै छ, त्यो माथि दशैँ । देशमा पनि अनेक बखाडा गर्या छन् रे । खै के दशैँ मनाउनु ? नयाँ नेपाल भन्थे यस्तै रैछ क्यारे, हामी भोका दीनदुखीलाई अझै दुख थपिने ति आलिशान महलमा बसेर पैसा धुत्न पाएका ब्वाँसोहरुलाई चाहिं मस्ती । के थाहा ती पिपासुहरुलाई गरिबको घरमा के पाक्छ कि पटुकी बाँधेर सुत्छन् भन्ने । खै ! कसलाई दोष दिनु आफ्नै पुर्पुरो समायो बस्यो ।”

त्यतिकैमा जेठो छोरोको बोली वाण, तीर र भाला बनेर च्वास्स बिज्यो मनमा । अनि २२० भोल्टको करेन्ट लाग्यो जिउमा, एटम बम फुट्यो मनमा । अनि अवाक भए, बोलि फुटेन । ऊ हेरेको हेर्यै भयो ।

बाबा संविधान बन्यो रे । अब यसपालि त हामीले नयाँ लुगा लाएर मिठो खान पाउँछौ होला नि है? मलाई चाहिं अस्ति न शहर जाँदा खाको मिठाइ दे भन्दिनु है ? बाबा भन्नु न खान दिन्छ नि संविधानले ?

नाबालक छोराको प्रश्नले धने निरुत्तर बन्यो ….

प्रतिक्रिया दिनुहोस्
विशेष

कम्पनीकी प्रवक्ता शर्मिला सुवेदीका अनुसार निषेघाज्ञामा गरिएकाे खुकुलाे व्यवस्थाबाट सर्वसाधारणकाे दैनिक जीवनयापनमा सहज भएकाले खाद्यान्नमा गरिएकाे छुटकाे व्यवस्था हटाइएकाे हाे…

यसअघि बागलुङको बडिगाड गाउँपालिका–४ मा विवाह भोज खाएका अधिकांशमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सोही विवाहमा सहभागि एकै परिवारका…

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

खानपिनको सुख मिल्नेछ । बोलीको प्रभावले काम बन्नेछ । धन सञ्चय हुनेछ ।

काठमाडाैं । वैज्ञानिकहरूले गरेकाे अनुसन्धानबाट दिनमा निद्रा लाग्नुकाे कारण पत्ता लागेकाे छ । यदि दिनको समयका विना कारण धेरै थकाइ…

काठमाडाैं । नेपाल सरकारले संवैधानिक निकायमा गरेको नियुक्ति पुनः बहसको विषय बनेको छ । नियुक्ति गर्दाको समयमा देखिएको विवाद सँगै…