इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्ला र लिड्स युनाईटेड भिड्दै

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आजराति एस्टन भिल्लाले लिड्स युनाईटेडसँग प्रतिस्पर्धा गर्दैछ ।
एस्टनले घरेलु मैदानमा लिड्ससँग नेपाली समय अनुसार राति पौने १ बजे पछि प्रतिस्पर्धा गर्न लागेको हो । भिल्ला पार्कमा घरेलु टोली अपराजित यात्रा कायम राख्ने योजनासहित मैदान उत्रनेछ । एस्टन यस सिजन अपराजित रहेको छ ।
एस्टनले ४ खेलमा ४ जित निकाल्दै शतप्रतिशत नतिजा आत्मसात गरेको छ । एस्टनले ४ खेलमा १२ अंक जोडेको छ ।
एस्टन तालिकाको दोस्रो स्थानमा छ । लिड्सलाई पराजित गर्न सके एस्टन शीर्ष स्थानमा उक्लने छ ।
लिड्स एस्टनलाई हराएर सिजनको तेस्रो जित निकाल्ने योजनामा हुनेछ ।
यस सिजन ५ खेलमा ७ अंक जोडेको लिड्स दशौँ स्थानमा छ ।