Logo बैशाख १, २०७८ बुधबार


‘स्वास्थ्यको मापदण्ड पालना गर्दै सिमित रुपमा दशैं मनाऔं’

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोनाबाट बच्न जनस्वास्थ्यको मापदण्ड पालना गर्दै दशैं मनाउन अपिल गर्नुभएको छ ।

नेपालीहरुको महान चाड बडादशैंको अवसरमा शुक्रबार भिडियो सन्देश मार्फत शुभकामना दिदै स्वास्थ्य मन्त्री ढकालले अघिल्ला वर्षहरुमा भव्यताका साथ दशैं मनाउने गरेको भएपनि यसवर्ष कोरोना महामारीको समय भएकाले जनस्वास्थ्यको मापदण्ड पालना गर्दै सिमित रुपमा दशैं मनाउन अपिल गर्नुभएको हो ।

मन्त्री ढकालले मास्कको प्रयोग, भौतिक दूरी कायम गर्ने तथा साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग नै कोरोना रोकथामको प्रभावकारी उपाय भएको भन्दै यस्ता उपायलाई पालना गर्न पनि आग्रह गर्नुभएको छ । संविधानमा मौलिक हकको रुपमा रहेको स्वास्थ्य सेवा प्रवाहका लागि सरकारले निरोगी नेपाल निर्माण अभियानका साथ काम अघि बढाएको भन्दै नागरिकको जीवनरक्षाको लागि सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

मन्त्री ढकालले सरकार सधैँ आम नागरिकको साथमा रहेकाले महामारीको समयमा जनता र सरकारबीच बलियो विश्वासिलाे एकता स्थापित गर्न जरुरी रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…