Logo बैशाख २, २०७८ बिहीबार


चुच्चे नक्सालाई लिएर प्रधानमन्त्रीलाई अनावश्यक विवादमा तान्न खोजियो : सचिवालय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको शुभकामना सन्देशमा निशान छापमा समेटिएको नक्सालाई विवादमा तान्न खोजिएकोप्रति उहाँको सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बडा दशैंका अवसरमा ट्वीटरबाट दिएको शुभकामना सन्देशमा राखिएको नेपालको निशान छाप र त्यसमा प्रयोग भएको देशको नक्साबारे सामाजिक सञ्जालमा विरोध भएको थियो । सो निशानछापमा प्रयोग भएको नक्सा लिम्पियाधुरासहितको भूभाग समेटिएको नक्सा नभएको भन्दै सामाजिक सञ्जालमा प्रधानमन्त्रीको आलोचना भएको थियो । तर प्रधानमन्त्रीको सचिवालयले भने ’अफवाह फैलाउने प्रयास’ भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले शुक्रबार साँझ प्रेस नोट जारी गर्दै शुभकामना सन्देशमा राखिएको निशान छापमा समेटिएको नक्सालाई विवादमा तान्न खोजिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको हो ।

नक्साको सानो आकार प्रयोग गर्दा त्यस्तो लाग्नु स्वाभाविक भए पनि त्यसलाई ठूलो आकारको नक्सामा प्रष्ट देख्न सकिने थापाले प्रेस नोटमा उल्लेख गर्नुभएको छ । डिजाइनको यति सामान्य वास्तविकतालाई बुझ्न नखोजेर नक्साको राजनीति र अफवाह फैलाउन सबै उद्यत भएको थापाको गुनासो छ । उहाँले सबैलाई तथ्यको आधारमा सत्यनजिक पुग्न आग्रह गर्नुभएको छ ।

कतिपय सञ्चारमाध्यमले समेत यसबारे समाचार बनाएका थिए। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटरमै यसबारे प्रधानमन्त्रीसँग जवाफ मागेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।