Logo बैशाख ३, २०७८ शुक्रबार


बजार अनुगमनमा तिव्रता दिदै प्रशासन

राजन पौडेल
पर्वत । जिल्ला प्रशासन कार्यालयले चाडपर्वको समयमा बजार अनुगमनलाई तीव्रता दिएको छ । प्रशासनले अहिले सम्म अनुगमनको क्रममा १७ हजार भन्दा बढी मूल्य बराबरका म्याद गुज्रिएका खाद्यान्न सामाग्री बरामद गरि नष्ट गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमको नेतृत्वमा गएको अनुगमन टोलीले म्याद गुज्रिएका खाद्य तथा पेय पदार्थ बरामद गरि नष्ट गरेको हो ।

कुश्मा बजारमा मात्रै १० दिन गरिएको अनुगमनमा म्याद गुज्रिएका करिब २० प्रकारका खाद्य तथा पेय पर्दाथ बरामद गरि नष्ट गरेको छ । धेरै लामो समयपछि बजार अनुगन गरेको जिल्ला प्रशासनले बजारका धेरै जसो खुद्रा पसलहरुबाट म्याद गुज्रिएका दैनिक उपभोग्य सामान बरामद गरेर ल्याएको हो ।

बजार अनुगमनको अधिकार स्थानीय सरकारमा छ तर नियमन निकाय जिल्ला प्रशासन भएको र नागरिकको गुनासो बढेपछि आफै बजार अनुगमनमा गएर छापा हान्दा धेरै जसो पसलहरुमा म्याद गुज्रिएका सामान भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिनुभयो ।

सहायक प्रजिअ गौतमका अनुसार कोरोनाको कारण लामो समयसम्म बजार अनुगमन नहुदा बजारमा होलसेल पसलले भन्दा पनि खुद्रा पसलेहरुले मनपरि मिति सकिएका खाद्य सामाग्री बिक्रि गरेको जानकारी पाएपछि अनुगमन तिब्र पारेको हो ।

उहाँले अनुगमन लाई अझै तिब्र पारिदै लगिने र फेरि गलत गरेको भेटिए कानुन बमोजिम कारवाही गरिने बताउनुभयो ।  सामान लिने नागरिक सचेत हुन आग्रह गर्दै उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्नेलाई मुक्ति नदिने समेत बताउनुभयो । बजारमा भएका अनियमितताको गुनासा बढि रहेकोले स्थानीय सरकार र उद्योग वाणिज्यसँग सहकार्य गरेर नियमित अनुगमन बढाउने गौतमको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…