Logo बैशाख ५, २०७८ आइतबार


लुम्बिनी विकास कोष परिसरभित्र आगलागी

रुपन्देही । लुम्बिनी विकास कोष परिसरभित्र आगलागी भएको छ । दशैंका लागि सबै कर्मचारी घर गएका बेला परिसरभित्र शुक्रबार आगलागी भएको हो ।

आगलागिबाट परिसरभित्रका जीवजन्तु, ससाना बोटबिरुवा, चराचुरुंगी जलेर नष्ट भएको बताइएको छ । नेपालप्रहरी सशस्त्र प्रहरी, दंगा प्रहरी, लुम्बिनी विकास कोषका सुरक्षा गार्ड लगायतबाट आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र महतले जानकारी दिनुभयो ।

दमकल परिसरभित्र छिर्न नसकेपछि सबै मिलेर आगो नियन्त्रणमा लिइएको उहाँको भनाइ छ । आगलागीबाट करिब २० हेक्टर जमिनभित्रका बोटबिरुवा, जनावर, घाँस जलेर खरानी भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वर्तमान सरकारमा सहभागि हुने या नयाँ गठबन्धन निर्माण गरी अघि बढ्ने भन्ने दोधारमा रहेको जनता समाजवादी पार्टी (जसपा)…

हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीको अबस्था रहेको महाशाखाको भनाइ छ।

बोली वचनले साथ दिनेछ। आफन्त भेटघाट हुनेछ। धनको कारोबार बढ्नेछ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमालेकै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसमूहले पार्टी पुनर्गठन गरेको…

३ वटा सुरुङहरु निर्माण गर्नुपर्ने भएकाले नेपालको सन्दर्भमा नयाँ काम चुनौतिपूर्ण छ ।

तनहूँ जिल्लाको नाम तनहूँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ ।