Logo मंसिर ११, २०७७ बिहीबार


थप चार हजार चार सय ९९ जनामा कोरोना, संक्रमितमध्ये आधा काठमाडौंका

काठमाडौं । विगत २४ घण्टामा चार हजार चार सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले जनाएको छ । कुल १६ हजार आठ सय ६३ जनामा नमुना परिक्षण गरिएको थियो ।

अहिले फेला परेका संक्रमितमध्ये एक हजार ६ सय ९० जना महिला र पुरुष दुई हजार आठ सय नौं जना रहेका छन् ।
यो सँगै नेपालमा पुष्टि भएका संक्रमितको कुल संख्या एक लाख ५३ हजार नाघेको छ ।

२४ घण्टामा थप १७ जनाकाे कोरोनाका कारण मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा सार्वजनिक गरिएको छ । यो सहित नेपालमा हालसम्म आठ सय २९ संक्रमितको मृत्यु भईसकेको छ ।

काठमाडौं उपत्यकामा सर्वाधिक संक्रमित भेटिने क्रम जारी छ । अहिले पुष्टि भएका संक्रमितमध्ये २ हजार ७ सय २० जना उपत्यकाका तीन जिल्लाका हुन् ।

त्यस्तै, विगत २४ घण्टामा दुई हजार ६ सय ६८ जना संक्रमणबाट मुक्त भएको पनि तथ्याङ्कमा सार्वजनिक गरिएको छ भने अहिलेसम्म एक लाख पाँच हजार चार सय ८८ संक्रमितले कोरोना जितेका छन् । यो कुल संक्रमितको ६८.९ प्रतिशत हो ।

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष

पदमार्ग बनेपछि धार्मिक पर्यटकदेखि गाउँका सर्वसाधारणको आउजाउसमेत सहज बन्ने छ ।

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनै जनाकाे पहिचान खुलेकाे छ…

महोत्तरी । स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच ४ बुँदे सहमति भएपछि महोत्तरीको तनाव क्रमशः सामान्य हुँदैछ । बर्दिबासमा छ वर्षीया…

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् समिर श्रेष्ठले बताउनुभयो…

सरकारी काममा बाधा हुनेछ । अचानक यात्रा हुनेछ । शरिरमा विसञ्चो देखिनेछ ।

अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलको जस्तै बुझाइ नेकपाको दोस्रो पुस्ताका अधिकांश नेता/ कार्यकर्ताहरुले व्यक्त  गरिरहेका छन् ।