Logo बैशाख २, २०७८ बिहीबार


‘खसी काटेको, मासु खाएको फोटो पोष्ट नगरौँ’

काठमाडौं । हाँस्य कलाकार दिपकराज गिरीले दशैंमा सकेसम्म शाकाहारी भोजन सेवन गर्न सबैलाई अनुरोध गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा दशैंको शुभकामना पोष्ट गर्दै गिरीले सकेसम्म शाकाहारी भोजन गर्ने, नसके पनि खसी काटेको र मासु खाएको फोटो फेसबुकमा पोष्ट नगर्न आग्रह गर्नुभएको हो ।

उहाँले आफूले आठ वर्षअघिदेखि मासु खान छोडेर शाकाहारी बनेको समेत उल्लेख गर्नुभएको छ । कुनै बेला दशैंमा खसी काट्दा आफू खसीको खुट्टा समाउन गएको स्मरण गर्दै उहाँले अब भने मासुबिना पनि दशैं रमाइलो लाग्ने उल्लेख गर्नुभएको छ ।

यसवर्ष कोरोना महामारीका बीचमा दशैं परेकाले कलाकार गिरीले सबैलाई सचेत भएर दशैं मनाउन समेत आग्रह गर्नुभएको छ । उहाँले दूरी कायम गरेर र परिवारमा मात्र टीका लगाएर दशैं मनाउन सुझाव दिनुभएको छ । स्वास्थ्य रहे आफन्तसँग टीका लगाउने मौका फेरि पनि आउने उहाँको धारणा छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । नेपाली कांग्रेस र माओवादी…

कास्की। माओवादी केन्द्रको समर्थनमा नेपाली काँग्रेसले गण्डकी प्रदेश सरकारको नेतृत्व गर्ने सम्भावना बढ्दै जाँदा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वकाे सरकारकाे दिनगन्ती…

हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली भइ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

घरायसी तनाव बढ्नेछ। विश्वास घात हुन सक्नेछ। मनमा शंकाले दु:ख दिनेछ ।

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।