Logo मंसिर ९, २०७७ मंगलबार


‘असारे विकास’ अन्त्य गर्न जुट्यो अन्नपूर्ण

शिब बोहोरा
म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिकाले ‘असारे विकास’ को विकृति न्युनीकरणका लागि नीतिगत पहल थालेको छ । गाउँपालिकाले समय तालिका बनाएर आर्थिक वर्षको पहिलो चौमासिकमै योजना सम्झौता र कार्यान्वयन शुरु गरेको हो ।

आर्थिक वर्षको अन्तमा गरिने पूर्वाधार, तालिम, गोष्ठि दिगो, प्रभावकारी र उपलब्धीमुलक नदेखिएपछि सुधारको पहल थालेका हुन् । योजना तथा कार्यक्रम कार्यान्वयनका लागि कार्ययोजना तयार पारी पहिलो चौमासीकमा उपभोक्ता समिति गठन, सम्झौता र उनीहरुलाई तालिम दिन थालेका छन् । समयमै गुणस्तरीय काम गराउने र बजेट दुरुपयोग रोक्नका लागि असारे विकासको प्रवृतिलाई निरुत्साहीत गरिएको गाउँपालिका उपाध्यक्ष केशमाया मगरले बताउनुभयो ।

चालु आर्थिक वर्षमा पुँजिगत शिर्षकमा एक सय ७२ वटा योजना तथा कार्यक्रमका लागि १३ करोड ३६ लाख ६ हजार रुपैयाँ विनियोजन भएको छ । पूर्वाधार तर्फ वडा स्तरका एक सय ६ र गाउँपालिका स्तरीय १९ वटा योजना रहेका योजना अधिकृत हरिकृष्ण आचार्यले बताउनुभयो । यसैगरी चालू प्रकृतिका ५१ वटा कार्यक्रम छन् । तीन लाख रुपैयाँसम्म बजेट बिनियोजन भएका ५५ वटा योजनाको सम्झौता वडामै गर्ने व्यवस्था मिलाएको छ । १० लाखभन्दा बढी बजेट भएका योजना १८ वटा छन् ।

योजनाको सर्वेक्षण सकेर लागत इस्टिमेट तयार पार्ने काम अन्तिम चरणमा पुगेको छ । ठूला योजनाहरु कार्यान्वयन गर्न ठेक्का प्रक्रिया अघि बढाएको प्रमुख प्रशासकीय अधिकृत नबिन सुबेदीले बताउनुभयो । योजना कार्यान्वयनलाई सहज र प्रभावकारी बनाउन उपभोक्ता समितिका पदाधीकारीलाई तालिमको व्यवस्था गरिएको छ । २०७७ चैत महिना भित्र सबै योजनाको काम र फरफारक गरिसक्ने कार्ययोजना बनाएको हो ।

सडक नपुगेका बस्तीमा सडक पुर्याउने, ट्याक खोलीएका सडकको स्तरोन्नति, पदमार्ग निर्माण, सामुदायिक विद्यालयको गुणस्तर सुधार, आयआर्जन वृद्धि, सामुदायीक भवन, खानेपानी विस्तारका योजनालाई प्राथमिकता दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गत सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको मन्तव्यलाई…

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।