Logo मंसिर १४, २०७७ आइतबार


खस भाषाको पहिलो टेलिशृङ्खला सार्वजनिक (भिडियोसहित)

काठमाडौं । खस भाषाको पहिलो टेलिशृङ्खला “भागाभाग” सार्वजनिक भएको छ ।  मिडियामा हाँस्य टेलिशृङ्खलाको जमात बढी राखेको समयमा फरक शैलीको टेलिशृङ्खला सार्वजनिक भएको हो ।

टेलिशृङ्खला “भागा भाग” मा समाजको सत्यतथ्य र वास्तविकतालाई चिरफार गर्दै समस्याको समाधान गर्ने उदेश्य अनुसार ब्याङ्गात्मक शैलीमा जनचेतनामुलक सन्देश फैलाउने यस सिरियलले भुमिका निर्वाह गरेको छ।

जयन कुमार मोक्तानले सम्पादन गर्नुभएको उक्त सिरियलको उत्पादन सल्लाहकार योगेन्द्र कार्की हुनुहुन्छ त्यस्तै, क्यामेरामा बिनोद बिष्ट एवं  कलाकारको श्रृङ्गार दिपेन्द्र हमालले गर्नुभएको हो ।

ध्वनि स‌ंयोजन शङ्कर बोहराले गर्नुभएको छ। उत्पादन तथा प्रबन्धक कीर्ति बहादुर सिंह हुनुहुन्छ ।

गायन नारायण डङ्गोल रहेको छ। सिरियललाई नारायण उपाध्याले लेखन तथा निर्देशन गर्नु भएको हाे।

अभिनय किर्ती बहादुर सिंह, मिना जि सि, नारायण दत्त उपाध्या, अनुजा सिंह, नन्द कृष्ण पाण्डे, बिनोद पोखरेल र सुबास घिमिरेको रहेको छ भने किर्ती बहादुर सिंह र मिना जिसि निर्माता हुनुहुन्छ ।

भिडियाे

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । चिनियाँ रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङहे एकदिने ‘वर्किङ भिजिट’ का लागि आज काठमाडौं आइपुगेका छन् । केही…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले उठाएका सवालबारे सचिवालय बैठकमा अर्का अध्यक्ष तथा…

किन चाहिएको छ नेकपामा एकता ? एकता कसलाई चाहिन्छ ? पार्टी एकताका आधार के हुन सक्छन् ?

महाशाखाका अनुसार हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ ।

स्वास्थ्यमा सुधार आउनेछ । गुप्त शत्रु पर जानेछन् । नयाँ काममा खर्च हुनेछ ।

पार्टी एकीकरण पछिका सहमतिका बारेमा सविस्तार केही कुरा राख्नु पूर्व म इतिहासका केही प्रसङ्ग उल्लेख गर्न चाहन्छु ।