Logo मंसिर ११, २०७७ बिहीबार


पोखरीमा डुबेर दुई जनाको मृत्यु

सनिउल्ला धोबी
कपिलवस्तु । पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । शनिबार बिहान कमलको फूल टिप्न गएका दुई युवा महाराजगञ्ज नगरपालिका–५ मा रहेको मतखनवा पोखरीमा डुबेर मृत्यु भएको कपिलवस्तु प्रहरीले बताएको हो ।

मृत्यु हुनेमा महाराजगञ्ज नगरपालिका–५ का ३२ वर्षीय अशोक कुमार पाठक र सोही वडाका २६ वर्षीय करम हन्स पाठक रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताउनुभयो ।

बिहानै पूजाको लागि फूल टिप्न गएका उनीहरु पोखरी डुबेको थाहा पाएपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थलमा पुग्दा एक जनाको शव स्थानीयले पोखरीबाट बाहिर निकालिसकेको र एक जनाको प्रहरीले निकालेको भण्डारीले बताउनुभयो ।

दुई जनाको शवलाई पोष्टमार्टका लागि शिवराज अस्पताल बहादुरगञ्ज लगिएको उहाँले जनाउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनै जनाकाे पहिचान खुलेकाे छ…

महोत्तरी । स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच ४ बुँदे सहमति भएपछि महोत्तरीको तनाव क्रमशः सामान्य हुँदैछ । बर्दिबासमा छ वर्षीया…

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् समिर श्रेष्ठले बताउनुभयो…

सरकारी काममा बाधा हुनेछ । अचानक यात्रा हुनेछ । शरिरमा विसञ्चो देखिनेछ ।

अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलको जस्तै बुझाइ नेकपाको दोस्रो पुस्ताका अधिकांश नेता/ कार्यकर्ताहरुले व्यक्त  गरिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिकमा तीन हजार १ सय ४० निको भएका छन् ।