Logo मंसिर ११, २०७७ बिहीबार


‘कृषिमा लापरबाही गर्नेहरू ठूला कारबाहीका लागि तयार रहनु’

प्रतिक पौडेल
रुपन्देही । कृषि तथा पशुपंक्षी मन्त्री घनश्याम भुसालले कृषि क्षेत्रमा लापरबाही गर्नेहरुलाई कृषि मन्त्रालयबाट हुने ठूला कारबाहीका लागि तयार रहन चेतावनी दिनुभएको छ ।

रुपन्देहीमा शनिवार आफ्नो निर्वाचन क्षेत्रमा भएको विभिन्न कार्यक्रममा बोल्दै मन्त्रालयमा पैसा दिए जे पनि काम हुन्छ भन्ने सोचका साथ लामो हात गर्ने प्रयास असफल हुने बताउदै मन्त्री भुसालले कृषी क्षेत्रमा लापरवाही गर्नेहरुलाई कृषि मन्त्रालयबाट हुने ठूला कारबाहीका लागि तयार हुन चेतावनी दिनुभएको हो ।

नेपालको कृषि क्षेत्रमा ३० वर्षदेखि केही पनि नभएको बताउदै आफूले पहिलो चरणमा मन्त्रालय भित्रनै शुसासन कायम गरेर अघि बढ्न खोजेको बताउनुभयो । मन्त्री भुसालले भन्नुभयो, ‘मेरो मन्त्रालयमा कहीँ कसैले लामो हात (कम्तीमा ति सबैले सुनेका छन्) यो मन्त्रालयमा चल्दैन सबैले थाहा पाइसकेका छन् ।’ भुसालले थप्नुभयो, ‘पत्रकारले थाहा पाएका छन्, मेरा पार्टीकाले थाहा पाएका छन् । सामान्यतया मलाई दबाब दिन मभन्दा ठूलो नेता तथा ब्यापारी मेरो मन्त्रालयमा अब आउँदैनन् । पाँच महिनामा मल ल्याउने भनेर ठेक्का लिएर १३ महिनामा मल ल्याएर पनि पैसा बुझेको मैले देखेको छु, विगतमा सरकारले त्यसलाई नियन्त्रण गर्न सकेन भुसालले भन्नुभयो ।

समयमै मल नल्याएर बदमासी गर्ने ठेकेदारको १० करोड जफत गरिएको भुसालले बताउनुभयो । आगामी दिनमा पनि अनियमतिता गर्नेलाई कारवाही गरिने मन्त्री भुसालले जानकारी दिनुभयो । मन्त्री घनश्याम भुसालले राज्यको प्रथामिकतामा नपरेको कृषी क्षेत्रलाई मिडियाले पनि प्रथामिकतामा नराखेको बताउनुभएको छ ।

पार्टीका शीर्ष नेताहरुबीच आज भेटघाट भएन, हिजो भेटघाट भयो भन्ने विषय मिडियाको प्राथमिकतामा पर्छ, तर ‘कृषि क्षेत्रमा भएका कामहरु सञ्चारमाध्यममा त्यत्ति आउन सकेन’ मन्त्री भुसालले गुनासो गर्नुभयो ।

कृषिमा आम्दानी नभए त्यो पेशामा टिक्न नसकिने भुसालले बताउनुभयो । व्यक्तिगत रुपमा दिने अनुदानलाई हटाउनुपर्ने भुसालले बताउनुभयो । वित्तीय पहुँच अझै पुर्याउन नसकिएको उहाँले जानकारी दिनुभयो । अब सहकारीलाई किसानको धान किन्न लगाइने मन्त्री भुसालले बताउनुभयो । ‘कृषि बिग्रेको छ, मन्त्री नहुँदा पनि विगत २० वर्षदेखि कृषि बिग्रेको कुरा मैले लेख्दै आएको छु’ भुसालले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पार्टीमा केही राजनीतिक विवाद देखिएपनि समाधान हुने भएकाले अत्तालिन नपर्ने उहाँले बताउनुभयो ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा २३ जनाले ज्यान गुमाएका छन्।

आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माण लगायतका विषयमा पनि छलफल गरिएको श्रृंगलाले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य गगन थापाले नागपोखरी-भगवती बहाल क्षेत्रलाई नारायणहिटी संग्रहालयसँग राखेर विकास गर्नुपर्ने बताउनुभयो ।

पदमार्ग बनेपछि धार्मिक पर्यटकदेखि गाउँका सर्वसाधारणको आउजाउसमेत सहज बन्ने छ ।

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनै जनाकाे पहिचान खुलेकाे छ…