Logo मंसिर ९, २०७७ मंगलबार


फेसबुक र इन्स्टाग्राममा राखिएका एक लाख बढी फोटो नाङ्गो बनाएर सार्वजनिक

काठमाडौं । सामाजिक सञ्जालले अहिले धेरैलाई नशा नै लगाइदिएको छ । साथीभाइ वा आफन्त र साथीभाइभन्दा फेसबुक,इन्स्टाग्राम जस्ता सामाजिक सञ्जाल हाम्रा लागि प्रिय र नजिकका लाग्न थालिसकेका छन् ।

त्यसैले हामी आफ्ना मनका भावना पोख्नेदेखि हरेक क्षणका फोटो यसैमा पोष्ट गरेर रमाउँछौं । तर सामाजिक सञ्जालप्रतिको यो मोह धेरैका लागि महँगो सावित हुन थालेको छ । प्रविधिको दुरुपयोगले गर्दा धेरैलाई मर्नु न बाँच्नुको अवस्थामा पुर्याइदिएको छ ।

पछिल्लो समय सामाजिक सञ्जालमा अपलोड गरिएका फोटोहरुको दुरुपयोग हुने क्रम बढेको छ । अझ महिलाहरु यसबाट बढी पीडित हुन थालेका छन् । बिबिसीले प्रकाशित गरेको रिपोर्ट अनुसार एक लाख भन्दा बढी महिलाहरुको तस्बिर डिपफेक प्रविधिको प्रयोग गरी नग्न रुपमा सार्वजनिक गरिएको छ ।

बिबिसीले आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी काम गर्ने बेलायती कम्पनी सेन्सिटीले जारी गरेको अध्ययन प्रतिवेदनको आधारमा उक्त रिपोर्ट प्रकाशित गरेको हो । रिपोर्ट अनुसार डिपफेक प्रविधिबाट महिलाहरुले लगाएको कपडा डिजिटल रुपमा हटाएर दुरुपयोग भैरहेको छ ।

यस्ता फेक नग्न फोटोहरु म्यासेजिङ एप टेलिग्राम मार्फत शेयर भएको सेन्सिटीको रिपोर्टमा उल्लेख छ । यसरी डिपफेक प्रविधिबाट सक्कली व्यक्तिको फोटोलाई नयाँ रुपमा रुपान्तरण गरी नग्न बनाउने काममा भूमिगत समूहहरू संलग्न रहेको बिबिसीले जनाएको छ ।

यसरी नक्कली नग्न तस्बिर सार्वजनिक हुनेमा कतिपय नाबालिकाहरु समेत रहेका छन् । सोसल मिडियामा फोटो शेयर गरेर धेरै लाइक्स र कमेन्टस् पाउने चाहना धेरैका लागि महँगो पर्ने उक्त अध्ययन रिपोर्टको निष्कर्ष रहेको छ ।

सेन्सिटीका प्रमुख कार्यकारी जर्जियो प्याट्रिनी भन्छन्–सोसल मिडियामा फोटो शेयर गर्ने जोपनि यस्तो निशानामा पर्न सक्ने भएकाले सचेत रहनुपर्ने अवस्था छ ।

आर्टिफिसियल इन्टेलिजेन्सबाट सञ्चालित बोट एक टेलिग्राम प्राइभेट मेसेजिङ च्यानलभित्र भित्र रहेको हुन्छ । प्रयोगकर्ताहरूले बोटमा पठाएको महिलाको फोटोलाई डिजिटल रूपमा केही मिनेटमै लुगा हटाइदिन्छ । यसका लागि कुनै शुल्क समेत लाग्दैन । यसरी तयार पारिएका नग्न फोटोहरु कतिपय अवस्थामा सक्कली हो कि नक्कली भनेर छुट्याउनै नसकिने हुने विविसीको रिपोर्टमा उल्लेख छ ।

सेन्सिटीको रिपोर्ट अनुसार गत वर्ष मात्र १ लाख चार हजार ८५२ जना महिलाको फोटो डिपफेक प्रविधिबाट नग्न बनाएर सार्वजनिक भएको पाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गत सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको मन्तव्यलाई…

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।