Logo मंसिर ९, २०७७ मंगलबार


मखमली फूल फुल्याे, तिहार आएन

काठमाडाैं । काठमाडौं आसपासका क्षेत्रमा यतिबेला किसानले लगाएको सयपत्री फूल फुलिसकेको छ । यसवर्ष अधिकमास परेका कारण दशैं र तिहार करिब एक महिना पछाडि सरेको छ । किसानले तिहारका लागि भन्दै फूल खेति गर्दै आएका छन् । तर यसपटक फूल फुल्ने समयभन्दा तिहारपछाडि छ । जसका कारण तिहार आइपुग्दासम्म सयपत्री फूल सुकिसक्ने देखिएको छ ।

फूलको माग हुने समयमा फूल फुलेर पनि सुकिसक्ने भएपछि किसानहरु चिन्तित देखिएका छन् । दशैंको समयमा फूल प्रयोग र बिक्री कम हुन्छ । काठमाडौं इचङ्गुनारायण क्षेत्रका किसानहरुले वर्षौंदेखि फूल खेति गर्दै आएका छन् । यस क्षेत्रका किसानले तिहार लक्षित गरेर उत्पादन गरेको फूल यस वर्ष त्यसै खेर जाने भएको छ । दशैंमा फूलको प्रयोग कम हुने र तिहार सम्म यो फूल रहन नसक्ने भएपछि किसानको आम्दानी समते घट्ने भएको छ । अहिले फूल ढकमक्क फुलिसकेको छ र बढीमा एक सातासम्म मात्र बोटमा रहन सक्छ । टिपिसकेको फूल बढीमा तीन दिन मात्र रहन सक्छ ।

फूलबाट हुने आम्दानी घटेपछि तिहार कसरी मनाउने भन्ने अप्ठेरो पनि किसानहरुलाई परेको छ । इचङ्गु क्षेत्रका किसानहरुले फूलको माला, फूलको गुच्छा र थुँगा बिक्री गर्दै आएका छन् । अघिल्लो वर्ष एक गुच्छा फूलको १५ रुपैयाँको दरले बिक्री गरेका किसानले यो वर्ष ५ रुपैयाँले बेच्छु भन्दापनि ग्राहक पाउन नसकेको गुनासो गरे ।

काठमाडौं उपत्यकामा तिहारको समयमा करिब २५ लाख फूलका माला खपत हुने गरेको छ । यसबाहेक काठमाडौंका साना ठूला मन्दिरहरुमा चाडपर्व बाहेक दिनहुँ हुने नित्य पूजा र दर्शनार्थीले प्रयोग गर्ने फूल उपत्यकाको काँठ क्षेत्रबाट आउँदछ । तर यस वर्ष कोरोना संक्रमणका कारण अधिकांश मठमन्दिर दर्शनार्थीका लागि बन्द हुँदा पनि फूलको व्यापारमा असर परेको छ । इचङ्गु क्षेत्रसँगै काठमाडौंको दक्षिणकाली छैमले क्षेत्रबाट पनि फूल आउने गर्दछ । यस क्षेत्रको किसानको वैकल्पिक आयको स्रोत पनि फूल नै हो । किसानहरुले सयपत्री, मखमली र गोदावरी फूल उत्पादन गर्दै आएका छन् । व्यावसायिक रुपमा फूल खेति गर्दै आएका किसानहरु पनि फूल बिक्री नभएपछि चिन्तित बनेका छन्।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गत सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको मन्तव्यलाई…

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।