Logo बैशाख २, २०७८ बिहीबार


काेराेनाका कारण दशैंमा हाँसकाे व्यापारमा कमी

काठमाडाैं । कोराेना संक्रमणको जोखिमका कारण यसपटकको दशैंमा हाँसको व्यापारमा पनि असर परेको छ ।
विभिन्न जिल्लाबाट काठमाडौंमा आई हाँसको व्यापार गर्दै आएका किसानहरुले व्यापार नभएको बताएका हाे ।

विगतमा भन्दा मूल्य पनि बढेको र कोरोना संक्रमणको जोखिमका कारण ग्राहकहरु नआएकाले व्यापार कम भएको व्यापारीहरुले बताए । वीरगञ्जदेखि काठमाडौंको सुन्धारामा हाँस बिक्रीका लागि आउनुभएका बुखल साहले हाँसको व्यापार यसपटक कम भएको बताउनुभयो ।

गतवर्ष १ सय ५० भन्दा बढी हाँस बिक्री गर्नुभएका साहले यसपटक २०/२५ वटासम्म पनि बिक्री गर्न नसकेको बताउनुभयो । हाँस नै बिक्री गर्न नसकेपछि दशैं मनाउन समेत समस्या हुने उहाँको भनाइ छ । आफूले ल्याएका सबै हाँस कम मूल्यमा बिक्री गरेर भएपनि दशैं मनाउन वीरगञ्ज फर्किनुपर्ने बाध्यता भएको पनि साहले सुनाउनुभयो ।

यसवर्ष हाँसको मूल्य पनि बढेको छ । गतवर्ष एउटा हाँसको मूल्य ८ सयदेखि एक हजार रुपैयाँसम्म रहेको थियो । तर यसवर्ष एउटा हाँसको मूल्य १ हजार ३ सय रुपैयाँभन्दा माथि छ । त्यसैले पनि हाँस बिक्री नभएको हुनसक्छ । यस्तै काठमाडौं उपत्यकामा दशैंमा पूजा गर्दा वा मन्दिरमा चढाउन हाँसको खोज्ने प्रचलन रहेको छ ।

त्यसैले पनि दशैंको बेलामा हाँसको बजार पनि राम्रै हुने गर्छ । तर यसपटक अधिकांश मन्दिरमा सर्वसाधारणका लागि पूजाआजा गर्न रोक लगाइएकाले पनि पशुपंक्षीहरुको व्यापार कम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । नेपाली कांग्रेस र माओवादी…

कास्की। माओवादी केन्द्रको समर्थनमा नेपाली काँग्रेसले गण्डकी प्रदेश सरकारको नेतृत्व गर्ने सम्भावना बढ्दै जाँदा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वकाे सरकारकाे दिनगन्ती…

हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली भइ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

घरायसी तनाव बढ्नेछ। विश्वास घात हुन सक्नेछ। मनमा शंकाले दु:ख दिनेछ ।

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।