Logo मंसिर १०, २०७७ बुधबार


काउ थेरापी : गाईसँग समय विताउ,खुशी रहौं

काठमाडौं । नेपाली समाजमा गाई महत्वपूर्ण जनवार हो । यो राष्ट्रिय जनावर मात्र होइन हिन्दू धर्मावालम्बीहरुले त देवी समान पुज्दछन् । गाईको महत्व हिन्दूवहुल नेपाल र भारतमा मात्र होइन,पश्चिमा समाजमा समेत बढ्दै गएको छ ।

अहिलेको व्यस्त र प्रतिस्पर्धात्मक दैनिकीबाट सबै आजित छन् । सबैजना जिन्दगीमा आनन्द र सुखको खोजीमा छन् । यही जिन्दगीको आनन्द र खुशी खोज्ने क्रममा निदरल्याण्डमा एउटा नयाँ ट्रेण्ड शुरु भएको छ–काउ नफलेन । यसको मतलव गाईलाई अँगालो मारौं र आनन्द पाऔं ।

अहिले निदरल्याण्डका जनताहरु कुनै फार्म हाउसमा जान्छन् र घण्टौं गाईसँग बसेर रमाउँछन् । यसबाट मानसिक शान्ति प्राप्त हुने उनीहरु बताउछन् । निदरल्याण्डमा मात्र सीमित रहेको यो ट्रेण्ड अहिले युरोपका अन्य देशहरुमा समेत फैलिन थालेको छ । विशेषज्ञहरुले यसलाई काउ थेरापी नाम दिएका छन् ।

भारतको हैदराबादस्थित यशोदा अस्पतालका मनोपरामर्शदाता डाक्टर प्रज्ञा रश्मिका अनुसार घरेलु जनावरहरुमा पनि भावना पाइन्छ । जो मानिस ती जनवारहरुको भावनासँग जोडिन्छन् त्यसबाट नन भर्भल रिलेशन अर्थात भावनात्मक सम्बन्ध बन्छ । यसबाट मानिसहरुलाई आत्मीक र मानसिक शान्ति र सुख प्राप्त हुन्छ । त्यसैले मानिसहरु जति बढी समय पशुपंक्षीहरुसँग समय विताउँछन्, उत्ति नै बढी उनीहरुको मन खुशी रहन्छन् ।

यसबाट उनीहरुका तनाव पनि कम हुन्छ । नदी र तालका किनारामा बस्दा जसरी कुनै संवाद हुँदैन, तर जनावरहरुसँग रहँदा मानिस प्रत्यक्ष संवाद पनि गरिहरन्छन् । अर्थात एकोहोरो भए पनि उनीहरु केही न केही बोलिरहरन्छन् ।

यसले उनीहरुको मनमा गुम्सिएर रहेका कुरा र भावनाहरु अभिव्यक्त भएर हलुगो महसुस हुन्छ । यसरी जनवारसँग घुलमिल हुँदा मान्छेमा विनम्रता स्वभाव समेत भरिन्छ ।

डाक्टर प्रभा भन्छन्–जनावरको साथमा रमाउनेहरु कहिल्यै एक्लोपनको शिकार हुँदैनन् । त्यति मात्र होइन उनीहरुमा जिम्मेवारीपनको समेत विकास हुन्छ । किनभने जसरी मान्छेले आफ्ना बालबच्चा वा भाइ बहिनीको जिम्मेवारीबोध गर्छन्,त्यसैगरी गाई,बाख्रा,कुकुर वा अन्य कुनै जनावर पाल्नेहरुमा पनि त्यस्तै जिम्मेवारीबोध रहन्छ ।

के हो त काउ थेरापी

गाईको पिठ्युमा धाप मार्नु,उसको नजिक बसेर मुसार्नु,अँगालो मार्नु,चुम्नु यी सबै काउ थेरापीका अंग हुन् ।

यदि गाईले तपाईतिर फर्केर चाट्न थाल्छ भने त्यो तपाईप्रतिको उसको विश्वास र प्रेमको अभिव्यक्ति हो ।

गाईको शरीरको न्यानोपन,मन्द धड्कन र स्थुल शरीरले मान्छेको मनलाई शान्तिको अनुभूति दिन्छ । त्यसबाट उनीहरुलाई खुशी प्राप्त हुन्छ ।

गाईको पिठ्यूँमा विस्तारै मुसार्दा वा कन्याइदिदा गाईले पनि आनन्द महसुस गर्छ । त्यसलाई उनीहरुले आँखा चिम्मा गरेर,चाटेर वा अन्य कुनै तरिकाले अभिव्यक्त गर्दछ । त्यसको महसुसले मान्छेलाई छुट्टै खुशी मिल्छ ।

केही रिसर्चका अनुसार गाईको छेउमा बस्ने र उसलाई अँगालो मार्ने व्यक्तिको शरीरमा अक्सीटोसिन हार्मोन निस्किन्छ ।

त्यसले गर्दा त्यस्ता व्यक्तिको मनमा आनन्दको सञ्चार हुन्छ । किनभने यो हार्मोन जब व्यक्ति कुनै सखद सम्पर्कमा रहन्छन्,त्यसबेला निस्किन्छ । अक्सीटोसिन हार्मोनले व्यक्तिको

मनमा सन्तुष्टि प्राप्त हुन्छ । यसले तनाव पनि कम गरिदिन्छ ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
विशेष

अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलको जस्तै बुझाइ नेकपाको दोस्रो पुस्ताका अधिकांश नेता/ कार्यकर्ताहरुले व्यक्त  गरिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिकमा तीन हजार १ सय ४० निको भएका छन् ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दशमलव ८ डिग्री र सबैभन्दा धेरै धनगढीको न्यूनतम तापक्रम १२ दशमलव ५ डिग्री…

अहिले शेयर बजारका लागि हरेक हिसाबले उपयुक्त महोल बनेकाले लगानीकर्ताले लगानी बढाएको देखिन्छ ।

पर्यटक विहीन बनेको ठमेल बजारमा केही दिनयता स्वदेशी उपभोक्ताको चहलपहल बढेको ठमेलका व्यपारीहरुले बताएका छन् ।

कृषि सामग्री कम्पनी लिमिटेडले गत कात्तिक २८ गते ३० हजार मेट्रिक टन बराबरको दोस्रो ठेक्कामा पनि जमानत जफत गर्ने निर्णय…