Logo मंसिर ९, २०७७ मंगलबार


फ्रान्समा काेराेना संक्रमण तीव्र, एकैदिन ४२ हजारमा संक्रमण

काठमाडाैं । फ्रान्समा कोरोना भाइरसको संक्रमण पुनः तीव्र गतिमा फैलिन शुरू गरेकाे छ । फ्रान्समा एकै दिन ४२ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण एकैदिन २ सय ९८ जनाको मृत्यु भएको बताइएको छ । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले आफ्नो देशले आउँदो वर्षको मध्यसम्म पनि कोरोना भाइरससँग लड्नुपर्ने बताउनुभएको छ । २४ घण्टामा ४२ हजारभन्दा धेरैमा कोरोना पोजेटिभ देखिएसँगै फ्रान्समा संक्रमितको संख्या १० लाख ४१ हजार नाघेको छ ।

दश लाख संक्रमित नाघ्ने देशको सूचीमा फ्रान्स सातौं स्थानमा पुगेको छ । अमेरिका, भारत, ब्राजिल, रुस, स्पेन र अर्जेन्टिनामा संक्रमितको संख्या १० लाख नाघिसकेको छ ।

फ्रान्ससहित यूरोपका रुस, पोल्याण्ड, इटाली र स्वीट्जरल्याण्डसहितका देशमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्दै गइरहेकाे छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।

सामुहिक काममा अलमल हुनेछ । विरोधीसँग विवाद हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।