Logo बैशाख ६, २०७८ सोमबार


नयाँ दिल्लीमा वायु प्रदुशन तीव्र

भारतको केन्द्रीय राजधानी रहेको नयाँदिल्ली शहरको वायु झन् प्रदुषित हुँदै गएको छ । शनिबार मापन गरिएको वायु गुणस्तर सूचक (एक्वुआई) मा ३ सय ४६ देखिएकाले गुणस्तरको अवस्था न्यून हुदै गएको पाइएको हो ।

सरकारी अधिकारीहरुले नयाँदिल्लीमा शनिबारको दिन र बेलुकाको समयमा अरु बेलाभन्दा बढी वायु प्रदुषण हुने गरेको जनाएका छन् । वायु प्रदुषणको अहिलेको अवस्थामा आगामी दुई दिन अझ बृद्धि हुने अधिकारीहरुको पूर्वानुमान छन् ।

यसअघि गत शुक्रबार ३ सय ६६ र बिहीबार ३ सय २ एक्युआई मापन गरिएको थियो । हरियाना, पन्जाबसहितका अन्य क्षेत्र तथा छिमेकी मुख्य ठाउँहरुमा आगो सम्वन्धी धेरै कामहरु हुने गरेकोले नयाँदिल्लीमा पनि असर गरेको अधिकारीहरुको भनाइ छ ।

नयाँ दिल्ली विश्वकै धेरै प्रदुषित शहरको रुपमा चिनिदै आएको छ । प्रदुषित वायुका कारण नयाँदिल्लीको मौसम तथा जलवायु चक्रमा समेत समस्या हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…

विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।