Logo बैशाख २, २०७८ बिहीबार


सुरक्षा निकायका शैलीमा परिवर्तन, राेकियाे ‘बढाभाेज’

काठमाडाैं । नेपालीहरुको ठूलो पर्व दशैँको देशभर रौनक छ । तर, यसपालिको दशैँमा भने अधिकांश सुरक्षाकर्मीले विदा पाएका छैनन् । कोरोना महामारीका कारण परम्परा धान्नका लागि मात्रै दशैँ योजनामा सुरक्षाकर्मी छन् ।

नेपालीहरुको ठूलो पर्व दशैँ, तिहार र छठ नजिकिसएसँगै जताततै चाडवाडकै रौनक छ । तर आम नागरिकको सुरक्षामा अहोरात्र खटिएका सुरक्षाकर्मीले भने अधिकांशले विदा पाएका छैनन् । पहिलेका वर्षभन्दा यो वर्ष कोरोना महामारीका कारण पनि धेरै सुरक्षाकर्मीले विदा नपाएका हुन् । त्यतिमात्र होइन, दशैँ तिहारमा सुरक्षा निकायका शैलीनै परिवर्तन भएको छ ।

पहिलेका वर्षमा फौजी सङ्गठनमा दसैँको नवरात्रको बलि, मौलो र निसान पूजा महत्वपूर्ण र अनिवार्य हुन्छ । तर यस पटक कोरोना संक्रमणको जोखिमले सो अनिवार्यतामा रोक लगाइदिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले यसवर्ष परम्परा धान्ने मात्रै कार्यक्रम तय गरिएको बताएका छन् ।

पहिलेका दशैँ जस्तो यो वर्ष प्रहरी कर्मचारीलाइ कार्यालय प्रमखले टिका लगाइदिने छैनन् । प्रहरी प्रधान कार्यालयका अनुसार हेडक्वार्टरमा अघिल्ला वर्षमा डीआईजी र एआईजीले मौलो पूजामा बोका चढाउने चलन थियो । तर यस वर्ष भने सामान्य तरिकाले पूजा मात्र हुनेछ ।

नेपाल प्रहरीले पनि स्थानीय र प्रहरीका परिवारलाई बोलाएर खुवाइने ‘बडाभोज’ स्थगित गरेको छ । सशस्त्रले अघिल्ला वर्षमा स्थानीय, सुरक्षाकर्मीलाई सहयोग गर्नेहरु र प्रमुख जिल्ला अधिकारी र परिवारलाई बोलाएर बडाभोज आयोजना गर्दै आएको थियो ।

फौजी सङ्गठनले आफ्ना कर्मचारीको बिदा कटौती गरेका छन् ।दसैँको बेला शान्ति सुरक्षाको थप जिम्मेवारी भएकाले सामान्यतया अघिल्ला दशैँमा पनि प्रहरी कर्मचारीलाई बिदा नछाड्ने गरिएको प्रहरी बताउँछन् । नेपाली सेनाले भने अति आवश्यक परेका सैनिकलाई बिदा दिएको छ ।

सशस्त्र प्रहरी बलले तल्लो तहसम्मका सशस्त्र प्रहरी कर्मचारीका परिवारलाई पनि पाहुना नलाग्न र आफ्नोमा पनि पाहुना नबोलाउन सर्कुलर नै गरेको बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…