महिला हिंसाविरूद्ध कडा कानून बनाउने तयारी

रामभरोसि यादब
सिरहा । नव नियुक्त महिला बादबालिका तथा जेष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठले प्रदेश नम्बर २ मा विभिन्न बहानामा महिलामाथि विभिन्न किसिमका हिंसा बढिरहेकाले महिला हिंसा गर्नेलाई कडाभन्दा कडा कानून बनाउने प्रक्रियामा लागि सकिएको बताउनुभएकाे छ ।
धनगढीमाई नगरपालिकाले शनिवार आयोजना गरेको सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्नुहुँदै मन्त्री श्रेष्ठले एसिड आक्रमण गर्ने दोषीलाई कारबाही गर्ने कानून बनाए सरह सम्बन्धित मन्त्रालयसँगको सहकार्यमा महिलामाथि हुने विभिन्न खाले हिंसाविरुद्ध कडा कानून बनाउने बताउनुभएकाे हाे ।
छोराछोरी नभएका बृद्धबृद्धाहरुका लागि लागि सरकारले व्यवस्था मात्र गरिएकाले यसतर्फ सबै छोराछोरीले सचेत हुनुपर्ने बताउनुहुँदै मन्त्री श्रेष्ठले छोराछोरीलाई जन्माउने बुवा आमालाई बृद्धाश्रममा पठाउनुको सट्टा जन्मदाताको हिसाबले छोराछोरीले सम्मानपूर्वक आमाबुवालाई पाल्नुपर्ने बताउनुभयाे ।
विशेष गरी तराई मधेशमा छोरा र छोरीलाई भेद्भाव गर्ने प्रचलन रही आएकाले त्यसलाई तोड्नका लागि कम्तिमा आठ कक्षासम्म नपढाउने आमा बुवालाई वृद्ध भत्ता लगायतका सरकारी सुविधा नदिने कानून समेत बनिसकेकाले अबका दिनमा त्यस्ता खाले भेद्भाव बिस्तारै हट्दै जाने मन्त्री श्रेष्ठको भनाइ छ ।
आफू सिरहा क्षेत्र नम्बर ३ को सांसद् भएपनि सबै क्षेत्रलाई विकासको प्रक्रियासँगै लाने प्रतिबद्धता जनाउँदै धनगढीमाई नगरपालिका वडा नम्बर १४ स्थित राईराईनीस्थित चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव हुनुभएको राजनीतिक ऐतिहासिक स्थल बनाउनका लागि आफूले सक्दो पहल गर्ने बताउनुभयाे ।