Logo बैशाख ५, २०७८ आइतबार


कैदीबन्दीलाई दशैंको टीका लगाउन राेक

राजन पौडेल
पर्वत । जिल्ला कारागारमा रहेका कैदीबन्दीले यस वर्ष दशैंमा टिका लगाउन नपाउने भएका छन् । कोरना भाईरसकोे संक्रमण बढ्दै गएका कारण कैदीबन्दीले आफन्तबाट टीका लगाउन नपाउने भएका हुन् ।

देशभर कोरोनाको जोखिम बढेको तथा पर्वतमा पनि जोखिम कायमै रहेकोले यस वर्षको दशैँमा कैदीबन्दीलाई आफन्तबाट टीका लगाउन रोक लगाइएको हो ।

गत बर्षहरुमा कैदीबन्दीलाई कारागार पुगि आफन्तबाट टीका लगाउँदै आएको भएपनि यस बर्ष बाहिरबाट अन्य मानिस जाँदा जोखिम बढ्ने देखिएको कारण दशैंमा टीका लगाउन रोक लगाइएको कारागार प्रमुख शिला श्रेष्ठले जानकारी दिनुभयो ।

कारागार प्रमुख श्रेष्ठका अनुसार कारागारका कैदीबन्दीले आफैले टीका लगाएर दशैँ मनाउने तयारी गरेका छन् । जिल्ला कारागारमा हालसम्म कारागारमा ९७ जना कैदीबन्दी रहेका छन् । जिल्लामा कोरोनाको जोखिम बढेदेखि नै कारागारमा उच्च सतर्कता अपनाइएको छ भने कैदीबन्दी भेटघाट पूर्ण रुपमा बन्द रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वर्तमान सरकारमा सहभागि हुने या नयाँ गठबन्धन निर्माण गरी अघि बढ्ने भन्ने दोधारमा रहेको जनता समाजवादी पार्टी (जसपा)…

हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीको अबस्था रहेको महाशाखाको भनाइ छ।

बोली वचनले साथ दिनेछ। आफन्त भेटघाट हुनेछ। धनको कारोबार बढ्नेछ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमालेकै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसमूहले पार्टी पुनर्गठन गरेको…

३ वटा सुरुङहरु निर्माण गर्नुपर्ने भएकाले नेपालको सन्दर्भमा नयाँ काम चुनौतिपूर्ण छ ।

तनहूँ जिल्लाको नाम तनहूँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ ।