Logo मंसिर ९, २०७७ मंगलबार


कारले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

फाइल तस्बिर

काठमाडौं । ललितपुरको नख्खुमा कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । नख्खुमा आइतबार बिहानै दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुने मोटरसाइकल चालक सिराहा घर भइ ललितपुरको थसीखेल बस्ने २८ वर्षीय इलु घले रहेका छन् । बा ८ च १५८१ नम्बरको कारले को २९ प ५०६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार मकवानपुर हात्तीसुढे घर भइ ललितपुर बस्ने २१ वर्षीय सजित परियार गम्भीर घाइते भएका छन् । उनको पाटन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गत सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको मन्तव्यलाई…

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।