बिहारमा भोट माग्दै गरेका उम्मेद्वारको गोली हानी हत्या

काठमाडौं । भारतको बिहार राज्यको शिवहर जिल्लामा विधानसभाको चुनावका उम्मेद्वारको गोली हानी हत्या भएको छ । हाथरस गाउँमा विधानसभाका लागि भोट मागिरहेका श्री नारायण सिंहको शनिबार हत्या भएको हो।
बीबीसी हिन्दीका अनुसार सिंहलाई गोली हान्नेको पनि उनका समर्थकले कुटेर हत्या गरेका छन् । गोली चलाउने ती व्यक्तिको परिचय भने खुलेको छैन।
बिहारमा पहिलो चरणको विधानसभा चुनाव २८ अक्टोबरमा हुँदैछ। पहिला लालु यादव नेतृत्वको राष्ट्रिय जनता दलमा रहेका मृतक सिंह टिकट नपाएपछि राष्ट्रिय जनता दल राष्ट्रवादी प्रवेश गरेर उम्मेद्वार बनेका थिए।