छोराद्वारा आमाको हत्या

जुद्ध चौधरी
पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिका ५ मा छोराले आमाको हत्या गरेका छन् । शनिवार साँझ धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
घरयासी बिवादमा पुनर्वास नगरपालिका ५ सुकुम्बासी टोलका ३० वर्षीय पप्पु बादीले ५७ वर्षिया आमा पार्वती बादीलाई धारिलो हतियार प्रहार गरेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलाश बिष्टले बताउनुभयो ।
हतियारको प्रहारबाट घाइते पार्वतीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा शनिवार ज्यान गएको हाे । साथै, घटनाबारे थप अनुसन्धान भइ रहेको समेत प्रहरीले जनाएको छ ।