Logo माघ ६, २०७७ मंगलबार


नगदसहित जुवाडे पक्राउ

नवलपुर । जिल्लाको कौडा खालबाट प्रहरीले नगद सहित जुवाडे पक्राउ गरेको छ । नवलपुरको कावासोती वडा नं. १४ स्थित प्रेमलाल महतोको घरमा रातको समयमा कौडा खेलिरहेका ५ जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले जुवाको खालबाट १ लाख ६८ हजार २ सय २५ रूपैयाँ नगद बरामद गरेको जनाएको छ ।

पक्राउ पर्नेमा कावासोती २ का ४४ बर्षीय श्याम श्रेष्ठ, कावासोती १ का २७ बर्षीय विनोद सुनार, कावासोती ८ का ३४ बर्षीय सन्तोष परियार, कावासोती १४ का ३६ बर्षीय मिनबहादुर थारू र कावासोती १४ कै ४० बर्षीय नारायण महतो रहेका छन् ।

नवलपुर प्रहरी कार्यालयका प्रमुख एवं एसपी प्रकाश मल्लका अनुसार नियन्त्रणमा आएका पाँचै जनालाई पक्राउ पुर्जी जारी गरिएको छ । कार्यालय खुलेपछि जुवातास तथा सट्टावाजी अन्तर्गत रहेर म्याद थप गरी अनुसन्धान हुने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाको १५० वर्षीय इतिहासमा आफ्ना उत्तराधिकारीलाई व्हाइट हाउसमा स्वागत नगर्ने राष्ट्रपति बनेका छन् । नवनिर्वाचित राष्ट्रपति…

काठमाडाैं  ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक घोषणाविरुद्ध जाग्न…

कमला हमाल काठमाडौं । संवैधानिक इजलाशमा प्रतिनिधि सभा विघटनविरुद्ध परेका १३ रिटमाथि सुनुवाई जारी छ । सुनुवाइको दोस्रो दिन सोमबारको…

यतिबेला देशका मध्य तथा पूर्वी तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।

दाजुभाइमा सम्बन्ध सुधार हुनेछ । स्त्रीपक्षबाट लाभ मिल्नेछ । मित्रकोे सहयोग पाइनेछ ।

अनलाइन संचारमाध्यम नवीकरण गर्ने ब्यवस्था खारेजीको माग गर्दै सर्बोच्चमा रिट दायर भएको छ ।