Logo फाल्गुन १३, २०७७ बिहीबार


एक लाख ६८ हजार नगदसहित पाँच जुवाडे पक्राउ

फाइल तस्बिर

नवलपुर । कौडा खालबाट प्रहरीले नगदसहित पाँच जुवाडे पक्राउ गरेको छ । कावासोती–१४ स्थित प्रेमलाल महतोको घरमा रातको समयमा कौडा खेलिरहेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले जुवाको खालबाट १ लाख ६८ हजार २ सय २५ रूपैयाँ नगद बरामद गरेको जनाएको छ । पक्राउ पर्नेमा कावासोती २ का ४४ वर्षीय श्याम श्रेष्ठ, कावासोती १ का २७ वर्षीय विनोद सुनार, कावासोती ८ का ३४ वर्षीय सन्तोष परियार, कावासोती १४ का ३६ वर्षीय मिनबहादुर थारू र कावासोती १४ कै ४० वर्षीय नारायण महतो रहेका छन् ।
नवलपुर प्रहरी कार्यालयका प्रमुख एवं एसपी प्रकाश मल्लका अनुसार नियन्त्रणमा आएका पाँचै जनालाई पक्राउ पुर्जी जारी गरिएको छ ।

कार्यालय खुलेपछि जुवातास तथा सट्टावाजी अन्तर्गत रहेर म्याद थप गरी अनुसन्धान हुने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

उहाँहरुकै कार्यकुशलताका कारण प्रहरीले सो घटनाको अनुसन्धानमा सफलता पाएको डिआइजी सुवेदीले बताउनुभयो ।

समिति सभापति तारादेवी भट्टले डाँडा कटान भएको प्रगति विवरण समितिमा पेस गर्न मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।

राम सिटौलाको संगीत तथा अरुणदेव जोशीको निर्देशन रहेको म्युजिक भिडियोको छायांकन नारायण जीसीले गरेका हुन् ।

उनीहरुले विभिन्न मितिमा उपहार पर्‍याे भनी प्रलोभनमा पारी पीडितलाई आईएमईमार्फत पैसा पठाउन लगाई ठगी गर्दै हिँडेको प्रहरीले बताएको छ ।

परिस्थितिकाे सामना गर्ने भन्नुकाे अर्थ अविस्वासकाे प्रस्ताव सामना गर्छु वा सत्ताकाे बागडाेर अरू नै कुनै तरिकाले सञ्चालन गर्छु भन्ने हाे…

गतसाता फेसबुकले यो कानुनका कारण अस्ट्रेलियाका सबै समाचार बन्द गरेको थियो तर सरकारसँगको वार्तापछि त्यो खुला गरिएको छ।