Logo मंसिर ११, २०७७ बिहीबार


कोरोना संक्रमितको अनुभव, ‘फोनमार्फत् हौसला पाउँदा खुशी लाग्याे’

-सुशिल सुवेदी
मान्छे एकदिन सबै मरेरै जाने चोला हो । तैपनि जन्मेपछि निश्चित अवधिसम्म बाँच्ने प्रयास र सङ्घर्षको सिलशीलामा मान्छे हरेक प्रयासबाट धेरै बाँच्ने आश राख्दछ । तर विश्वमा विभिन्न प्राकृतिक प्रकोप तथा मानवीय क्रियाकलापबाट सिर्जित विभिन्न दुर्घटनाबाट मान्छे हताहत हुने र अकालमा मर्ने गर्दछ ।

यस बीचमा कोरोना भाइरस चीनको वुहान प्रान्तबाट फैलिएर विश्व नै आतङ्कित भइरहेको अवस्थामा हाम्रो देश नेपाल पनि अछुतो रहेन । शुरु शुरुमा हाम्रो परिवेशको मनोविज्ञान कोरोना धेरै ठूलो रोग हो छोएपछि सर्छ र मरी हाल्छौं भन्ने भयो र हाम्रो मनोबल कम हुन थाल्यो ।

हुन त विश्वको शक्तिशाली देश चीन, इटली, स्पेन अमेरिका, बेलायतको कोरोना कहर हेर्दा धेरै डरलाग्दो अवस्था थियो । नेपालमा एकजना मानिसमा कोरोना सङ्क्रमण हुँदा देश नै लकडाउन गरिएको थियो । देशको आर्थिक समृद्धिमा कोरोना कहर बाधकको रुपमा थियो । जब छिमेकी मुलुक भारतमा सङ्क्रमणबाट व्याप्त हुँदै गर्दा सङ्क्रमणबाट देशका जनतालाई कम असर परोस् भन्ने आशयका साथ देश त लकडाउन गराइएको थियो ।

खुला सीमाका कारण भारतबाट नेपालका तराई जिल्लामा सङ्क्रमण हुँदै गर्दाको अवस्थामा नेपालमा सङ्क्रमण बढ्न थाल्यो बिस्तारै नेपालकै केन्द्र राजधानीको काठमाडौंमा सङ्क्रमण हुन थाल्यो । यसपछि अहिले कोभिडको हट स्पट नै काठमाडौलगाएत नजिकका जिल्लाहरु बन्न थालेका छन् । जब सार्वजनिक सवारी साधनहरु काठमाडाैंबाट बाहिरी जिल्लामा सञ्चालन हुनथालयाे त्यसपछि कोरोना सङ्क्रमण गाउँगाउँमा  केन्द्रित हुन थाल्यो ।

यसबीचमा कोरोना सङ्क्रमणका बारेमा  जनचेतना फैलाउने, सजकताका लागि बहस चर्चा लगायतको क्षेत्रमा सक्रिय रुपमा नै लागेको थिएँ  । गाउँमा पनि कोरोनाबारे सामाजिक सुरक्षा, आफ्नो उत्तरदायित्व, सावधानी आदिको विषयमा सबैलाई सचेत गराउने साबुन पानीले हात धुने, सामाजिक दूरी कायम राख्ने, मास्ककाे प्रयोग लगायतका कुरामा सबैलाई सूचना प्रवाहतिर र आफू पनि यसप्रति जिम्बेबारिका साथ आफ्नो मत अभिव्यक्त गरिरहेको नै थिएँ ।

जब नेपालमा पनि सङ्क्रमण समुदाय स्थरमा फैलिरहेको अवस्थामा म एक सत्य सूचना दिने हेतुले पत्रकारिता क्षेत्रमा भएका विभिन्न घटनाहरु संकलन गर्ने क्रममा फिल्डमा हिडेँ र हल्का सामान्य टाउको दुख्ने नाक टाल्लिने जस्ता सामान्य समस्याहरु आइरहेका थिय । गत असोज २२ गते पीसीआर चेक गरेकोमा २६ गते रेडियोमा कार्यरत एक सहकर्मीमा पोजेटिभ रिपोर्ट आयो र म पनि कन्ट्र्याक ट्रेशिङमा परेँ । मेरो पनि कात्तिक १ गते पीसीआर चेकका लागि स्वाब दिएँ । रिपोर्ट नआउँदासम्म म होम क्वारेन्टाइनमा नै बसेको थिएँ र गत ५ गते बिना लक्षण कोरोना रिपोर्ट पोजेटिभ आयो र मनमा खुल्दुली भयो के कारणले पोजेटिभ आयो भनेर । र कुरा बुज्दा पीसीआर गर्दा हल्का रुघा लागेको रहेछ, त्यही भएर भन्ने कुरा आयो । त्यसपछि म बाहुनेपाटी आइसोलेसनमा गएर बसेँ।

मेरो रिपोर्ट पोजेटिभ आउँदै गर्दा म घरमा छुट्टै बसिसकेको थिएँ । कोरोना कहर एकातिर आफूलाई फेरि कोरोना पोजेटिभ देखियोभन्दा मनमा अलिक बढी डर थियो । परिवारका सदस्यहरु पनि अलि डराएका र आत्तिएको महसुस गरेको थिएँ । आफू पत्रकारिता पेशामा लागेको हिसाबले समुदायका मानिसलाई पनि जानकारी होस् भनेर फेसबुकमार्फत सबैलाई जानकारी गराएँ ।

यसबीचमा धेरै साथीभाइ राजनीतिक व्यक्तित्व अंग्रज मलाई माया गर्नुहुने समुदायका व्यक्तिहरू सबैले मलाई फोन मेसेन्जर फेसबुकबाट स्वास्थ्य लाभको कामना तथा उच्च मनोबल प्रदान गरिरहनु नै भएको थियो । यसबीचमा मैले पूर्ण विश्वास त लिएको छु कि म छिट्टै निको हुनेछु । धेरै साथीभाइ इष्टमित्रहरुले स्वास्थ्य लाभको कामना गरिरहँदा यसबीचमा सबै साथीभाइ इष्टमित्र स्वास्थ लाभको कामना गर्नेहरु र घरका सदस्यहरुले तातोपानी, गुर्जो, तितेपातिको जराको झोल, पारिजातको बोक्राको झोल, अलैँची, बेसार तातोपानी, बोजो, टाईफाइट र निमोनिया हुँदा खाने झारपाते औषधि लगायतका औषधि नियमित निश्चित मात्रामा खानु भन्दै घरबाट औषधि ल्याइदिए र मैले त्यसलाई सेवन गर्न थालेकाे छु । सङ्क्रमण पोजेटिभ भएको खबर पाएको आज पाँच दिन हुँदा पनि ममा केही लक्षण देखिएकाे छैन र म पूर्ण रुपमा स्वस्थ छु।

दशैंको नजिक आफू सञ्चाे नभइसकेको हुँदा विभिन्न माध्यमबाट अग्रजहरु र कोरोना संक्रमित साथीहरुले आफ्नो अनुभव साटासाट तथा धेरै साथीभाइले फोनमार्फत हौसला प्रदान गराइरहँदा एकदमै खुशी लाग्थ्यो र सगैँ भए जस्तो महसुस हुन्थ्यो । काेराेनाकाे बारेमा केही व्यक्तिहरूले अफवाह तथा भ्रामक कुरा फैलाउने गरेकाे पनि पाइयाे।बिस्तारै उहाँहरूले पनि कोरोनालाई बुझ्नुहुनेछ भन्ने अपेक्षा गरेकाे छु ।

कोरोना भाइरसबाट नआतिउँ, नडराउँ । कोरोनासँग लड्न आफ्नाे आत्माबल बलियो बनाऔं र सुरक्षित रहौं ।  कोरोनाबाट आफूपनि बचौं, अरुलाई पनि बचाऔं ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पार्टीमा केही राजनीतिक विवाद देखिएपनि समाधान हुने भएकाले अत्तालिन नपर्ने उहाँले बताउनुभयो ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा २३ जनाले ज्यान गुमाएका छन्।

आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माण लगायतका विषयमा पनि छलफल गरिएको श्रृंगलाले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य गगन थापाले नागपोखरी-भगवती बहाल क्षेत्रलाई नारायणहिटी संग्रहालयसँग राखेर विकास गर्नुपर्ने बताउनुभयो ।

पदमार्ग बनेपछि धार्मिक पर्यटकदेखि गाउँका सर्वसाधारणको आउजाउसमेत सहज बन्ने छ ।

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनै जनाकाे पहिचान खुलेकाे छ…