Logo मंसिर ११, २०७७ बिहीबार


राष्ट्रपति ट्रम्पद्वारा निर्वाचन अघिनै मतदान

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचन अघि नै मतदान गरेका छन् । नोभेम्बर ३ मा हुने निर्वाचनका लागि मुख्य निर्णायक राज्यहरुमा चुनावी र्यालीमा जानुअघि राष्ट्रपति ट्रम्पले पनि फ्लोरिडामा मतदान गरेका हुन् ।

ट्रम्पले मतदान गरेर बाहिरिएपछि सयौं समर्थकहरु झण्डासहित उपस्थित भएका थिए । उनीहरुले ट्रम्पको पक्षमा नारा लगाउँदै थप चार वर्ष का लागि ट्रम्पको पक्षमा मतदान गर्न अपिल समेत गरेका थिए । कोरोना महामारीका कारण निर्वाचन अघि नै मतदान गर्नेहरुको संख्या बढ्दै गएको छ ।

हालसम्म अमेरिकामा पाँच करोड ६० लाखभन्दा बढीले मतदान गरिसकेका छन् । राष्ट्रपति निर्वाचनको १० दिनअघि राष्ट्रपतिका दुबै उमेदवार आफ्नो चुनावी र्यालीमा सक्रिय भएर लागिरहेका छन् । उनले यसअघि हुलाकबाट गरिने मतदानमा विश्वास गर्न नसकिने भन्दै विरोध गरेका थिए ।

अमेरिकामा राष्ट्रपति निर्वाचनको मतदानको औपचारिक दिन नजिकिँदै गर्दा कोरोना संक्रमण समेत तीव्र रुपमा वृद्धि भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पार्टीमा केही राजनीतिक विवाद देखिएपनि समाधान हुने भएकाले अत्तालिन नपर्ने उहाँले बताउनुभयो ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा २३ जनाले ज्यान गुमाएका छन्।

आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माण लगायतका विषयमा पनि छलफल गरिएको श्रृंगलाले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य गगन थापाले नागपोखरी-भगवती बहाल क्षेत्रलाई नारायणहिटी संग्रहालयसँग राखेर विकास गर्नुपर्ने बताउनुभयो ।

पदमार्ग बनेपछि धार्मिक पर्यटकदेखि गाउँका सर्वसाधारणको आउजाउसमेत सहज बन्ने छ ।

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनै जनाकाे पहिचान खुलेकाे छ…