Logo बैशाख २८, २०७८ मंगलबार


राउटे संरक्षणका लागि कर्णाली सरकारद्वारा भत्ता दिने घाेषणा

फाइल तस्बिर

काठमाडाैं । कर्णाली प्रदेश सरकारले लोपोन्मुख राउटे जातिको संरक्षणका लागि थप दुई हजार रुपैयाँ मासिक भत्ता उपलव्ध गराउने घोषणा गरेको छ ।

कर्णाली प्रदेश सरकारले राउटे जातिको संरक्षणका लागि छुट्टै प्रतिष्ठान बनाउने र थप दुई हजार रुपैयाँ मासिक भत्ता उपलव्ध गराउने घोषणा गरेको हो ।

यसअघि संघीय सरकारले दैलेखको गुराँस गाउँपालिकामार्फत मासिक प्रतिव्यक्ति तीन हजार रुपैयाँका दरले भत्ता दिँदै आएको थियो । अबदेखि राउटेले मासिक रुपमा पाँच हजार रुपैयाँका दरले भत्ता पाउने भएका छन् ।

यस्तै, दशैंको अवसरमा चिंगाड गाउँपालिका–४, का राउटे बस्तीमा खाद्यान्न वितरण गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राउटे बस्तीको अवलोकन र समस्याबारे जानकारी लिनुभएको छ । क्रममा उहाँले राउटेको जंगली दुःख देखेर खान बस्न सरकारले दिने, स्थायी घर निर्माण बसाउने भन्दै जंगलमा दुःख नगर्न आग्रह गर्नुभयो । प्रदेश सरकारले राउटेको स्वास्थ्य, सरसफाइ, शिक्षा तथा खानपिनमा पनि ध्यान दिने जनाएको छ ।

मुख्यमन्त्री शाहीले राउटेका समस्यालाई प्रदेश सरकाले स्थानीय सरकारसँगको सहकार्यमा समाधान गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…

प्रयोगशालाका लागि आवश्यक सामग्रीको अभावमा अस्पतालले परीक्षण रोकेको अस्पताल प्रशासन स्रोतले जानकारी दिएकाे छ ।

 बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजना बाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको छ । साथै अबको निषेधाज्ञा  थप कडा…

सहभागी प्रशिक्षार्थीहरुमा डेनमार्क, बेल्जियम, स्पेन, स्वीडेनलगायतका युरोपेली मुलुकमा रोजगारी तथा अध्ययनमा रहेका १८ युवा रहेको क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरका…