Logo मंसिर ९, २०७७ मंगलबार


‘चाडवाड उत्सव मात्र नभई सामाजिक प्रबन्धका आधार पनि हुन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैँका अवसरमा एक शुभकामना सन्देश दिनुहुँदै चाडवाडहरू केवल पर्व र उत्सव मात्र नभई सामाजिक प्रबन्धका आधार पनि भएको बताउनुभएको छ । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुस्वास्थ्य, प्रगति र समुन्नतिको कामना गर्नुहुँदै प्रधानमन्त्रीले सामाजिक प्रबन्धका आधार भएकाले चाडपर्वलाई अपनाउँदै अगाडि बढाउनु आवश्यक रहेकोमा जोड दिनुभएको हो।

प्रधानमन्त्रीले आफ्नो शुभकामना सन्देशमार्फत भन्नुभएको छ, ‘चाडवाडका नाममा हुने गरेका केही नकारात्मक पक्ष तथा औचित्य र आवश्यकताको वास्तै नगरी आफ्नो सामर्थ्यको समेत ख्याल नगरी आँखा चिम्लिएर उत्सव मनाउने वा फजूल खर्चमा हौसिने जस्ता अभ्यास कुनै पनि कोणबाट उचित होइनन् ।’ यस्ता अभ्यासलाई सच्याएर चाडपर्वलाई मितव्ययी र उचित बनाउन सबै सजग र सचेत रहनुपर्ने उहाँको भनाइ छ ।

कोरोना महामारीको विषम परिस्थितिमा दशैंलाई विगतभन्दा फरक ढंगले मनाउनु परेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्रीले आफ्ना मान्यजनसँग टीका, जमरा ग्रहण गर्ने क्रममा अनावश्यक नजिकिँदा हुन सक्ने सम्भावित संक्रमणको खतरा ख्याल गर्न सुझाव पनि दिनुभएको छ । ज्येष्ठ नागरिक, बालबालिका र कमजोर स्वास्थ्य अवस्थाका व्यक्तिमा संक्रमणको सम्भावना ज्यादा हुने भएकाले यसप्रति विशेष सजग भएर दशैं मनाउन उहाँले सबैलाई अनुरोध पनि गर्नु भएको छ ।

‘यसपालिको बडादशैंँ जो जहाँ जहाँ छौँ, त्यहीँ त्यहीँ रहेर मनाउन प्रधानमन्त्रीको अनुरोध छ । संक्रमणको सम्भावित खतरालाई ध्यानमा राखी प्रधानमन्त्री निवासमा हुने ‘बडादशैँको सार्वजनिक टीका कार्यक्रम’ नराख्न निर्देशन दिइएको पनि प्रधानमन्त्रीको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गत सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको मन्तव्यलाई…

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।