Logo मंसिर ८, २०७७ सोमबार


कतारका राजदुत युसुफ कपिलवस्तुमा

सनिउल्ला धोबी
कपिलवस्तु । नेपालका लागि कतारका राजदुत युसुफ बिन मोहम्मद अल हेलले नेपाल सुन्दर रहेको बताउनुभएको छ । कतारमा भएका नागरिकको परिवार र बालबालिकाको अवस्था बुझ्न आउनु भएका युसुफले यस्तो बताउनु भएको हो ।

युसुफले नेपाल स्वर्ग रहेको बताउनु भएको छ । नेपालका नागरिक विश्वकै राम्रो, यहाँको प्राकृतिक वातावरण हराभरा सुन्दर भएको बताउनु भएको हो ।

रोजगारको सिलसिलामा कतारमा रहेका नेपालीहरुको रहन सहन, बोली, भाषा, दैनिकी, जिविकोर्पाजनको अवस्था बुझ्न आएको राजदुत युसुफले जानकारी दिनु भयो ।

राजदुत युसुफले यहाँको बालिबालिका संसारकै राम्रो बालबालिका रहेको भन्दै शैक्षिक अवस्था सुधार गर्न स्थानियसँग आग्रह गर्नुभएको छ ।

त्यसैगरी, कपिलवस्तुको भौतिक संरचना, सडक, बत्ती, स्वास्थ्य, शिक्षा लगायत विभिन्न क्षेत्रको विकासको लागि कतार नेपाल सरकारसँग हातेमालो गर्न तयार रहेको बताउनु भयो ।

कपिलवस्तुको जनता समावजादी पार्टीका केन्द्रिय नेता तथा पुर्व कृषि मन्त्री अकबाल शाहले राजदुत युसुफलाई कृष्णनगर क्षेत्रको अवलोकन गराई वस्तुस्थिती बारेमा जानकारी गराउनु भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष

अध्यागमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अहिले विधायन व्यवस्थापन समितिमा छलफलका क्रममा रहेको छ ।

महाशाखामा साेमबार एक कार्यक्रमको आयोजना गरी भट्टराईको स्वागत र ढकालको विदाई गरिएको छ ।

मन्त्रालयले दिएकाे जानकारी अनुसार पछिल्लाे २४ घण्टामा देशभर ३ हजार ४३ जना संक्रमित कोरोनामुक्त भएका छन्।

प्रधानमन्त्री ओलीले घुन्साको कञ्चनजङ्घा क्षेत्र सबै पर्यटकका लागि खुला गर्ने सरकारको योजना रहेको जानकारी दिनुभयो ।

पहिलो चरणमा मुख्य सडकमा दायाँबायाँ सडक चिह्नले मात्रै छुट्याइएकाेमा अब डिभाइडर राखिने भएको छ ।

अमेरिकाको मेरील्याण्ड राज्यको निर्वाचन क्षेत्र संख्या ८ बाट विधानसभा सदस्यमा बिजयी भएका ह्यारी भण्डारीले दोश्रो कार्यकालको लागि उम्मेदवारी दिनुहुने भएकाे…