Logo मंसिर १०, २०७७ बुधबार


क्रिकेटर लामिछानेको शुभकामना ‘टाढा भएपनि मन नेपालमै’

काठमाडौं । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले विजया दशैंको शुभकामना दिँदै आफू टाढा भएपनि मन भने नेपालमै रहेको बताएका छन् । सामाजिक संजाल ट्वीटरमा आफ्नो शुभकामना सन्देश लेख्दै क्रिकेटर लामिछानेले सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धी तथा उत्तरोत्तर प्रगतिको कामना गरेका हुन ।

सुरक्षित र स्वस्थ्य रहन अनुरोध गर्दै उनले सम्पूर्णमा आफ्नो माया रहेको उल्लेख गरेका छन् । लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट खेल्ने क्रममा युएईमा छन् । दिल्ली क्यापिटल्समा आवद्ध सन्दीपले अहिलेसम्म १ खेल पनि खेल्न पाएका छैनन् ।

दिल्लीले ११ खेल खेलिसकेको छ । सन्दीप यसअघि २ पटक दिल्लीबाट खेलिसकेका छन् । यसपालि उनले यो खेल पनि खेल्न पाउने वा नपाउने भन्नेमा भने टुंगो लागेको छैन । आईपीएलको ११ औं संस्करण खेल्न पाएदेखि सन्दीपको फ्रेन्चाइज टी–२० क्रिकेटको यात्रा निकै अघि बढेको छ ।

क्रिकेटर लामिछानेले ट्वीटरमा यस्तो लेखेका छन्, ‘हिन्दुहरुको महान् चाड शुभ बिजया दशमीको पावन अवसरमा माता दुर्गा भवानीले हामी सबैको कल्याण गरुन् । सुख, शान्ति, समृद्धी तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ कामना । सुरक्षित र स्वस्थ्य रहनुहोस्, सम्पूर्णमा मेरो माया। टाढा भएपनि मन भने नेपालमै छ। शुभ दशैं।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलको जस्तै बुझाइ नेकपाको दोस्रो पुस्ताका अधिकांश नेता/ कार्यकर्ताहरुले व्यक्त  गरिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिकमा तीन हजार १ सय ४० निको भएका छन् ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दशमलव ८ डिग्री र सबैभन्दा धेरै धनगढीको न्यूनतम तापक्रम १२ दशमलव ५ डिग्री…

अहिले शेयर बजारका लागि हरेक हिसाबले उपयुक्त महोल बनेकाले लगानीकर्ताले लगानी बढाएको देखिन्छ ।

पर्यटक विहीन बनेको ठमेल बजारमा केही दिनयता स्वदेशी उपभोक्ताको चहलपहल बढेको ठमेलका व्यपारीहरुले बताएका छन् ।

कृषि सामग्री कम्पनी लिमिटेडले गत कात्तिक २८ गते ३० हजार मेट्रिक टन बराबरको दोस्रो ठेक्कामा पनि जमानत जफत गर्ने निर्णय…