Logo मंसिर ९, २०७७ मंगलबार


‘हजुरहरुलाई मबिनाकाे दशैं मनाउन दिने पटक्कै मन थिएन’

एकैछिनमा बिर्सने भइसक्नु भएकी हजुरआमा मलाई भने बेला/बेला सम्झेर ‘कान्छी आइपुगिन ? कतिबेला आउँछे ? आउँदै छे कि ?’ भनेर तपाइँहरूलाई हैरान बनाउँदै हुनुहुन्छ होला ।

ममी ड्याडी नमस्कार,

सन्चो बिसन्चो के सोध्नु ? बिहान मात्र फोनमा कुरा भएको । अनौठो लाग्यो होला । पहिलो पटक मेरो नमस्कार देखेर । अनौठो मान्नुपर्दैन । पत्र काेरेर औपचारिकता मात्र पूरा गरेकी हुँ । सबैभन्दा अनौठो त त्यो बेला लाग्यो होला, जब प्रत्येक दिन घण्टाैंसम्म फोनमा बोल्ने छोरीको पत्र देखियाे। ममी, कति कुराहरु बोल्न खोज्दा गलाबाट आवाजभन्दा पहिले आँखाबाट अश्रुधारा नै वर्षिन्छन् । मलाई हजुरहरुलाई आँशु मिसिएको आवाज सुनाउन मन लागेन, त्यसैले पत्र लेखेँ ।

ममी यतिबेलासम्म त घरका सारा काम, पूजापाठ सकेर सबैजना नजिकै ठूलोबुबाको घर पुगिसक्नुभयो होला । साइतको टीका हजुरआमाको हातबाट लगाउन अंकल-आन्टी, दाई-भाउजुहरु, भाइबहिनी आउने क्रम जारी होला । ठूलो बुबाले टीका अघिको आजको पूजाविधि नै सक्नुभएको छैन होला, प्रत्येक वर्षझैँ ड्याडी पुगेर अघि सर्नुभयो होला । ठूलो ममी र भाउजुहरुलाई खाना तयार गर्न नै भ्याइनभ्याइ होला । यसपालि मेरो लागि च्याउ किनेर ल्याउनु पर्ने र छुट्टै भान्सा तयार गर्नुपर्ने झन्झट नभएर केही सहज भने पक्कै भएको होला । ममी कहिले भान्सामा कहिले ड्याडीलाई त कहिले हजुर आमालाई सघाउन पुग्नु हुँदो हो । केटाकेटी घरभरी आफ्ना मान्छे, नयाँ लुगा, खानेकुरा, आफूजस्त्रै खेल्ने साथी पाएर मख्ख पर्दै आँगनभरी खेलिरहेका होलान् । एकैछिनमा बिर्सने भइसक्नु भएकी हजुरआमा मलाई भने बेला/बेला सम्झेर ‘कान्छि आइपुगिन ? कतिबेला आउँछे ? आउँदै छे कि ?’ भनेर तपाइँहरूलाई हैरान बनाउँदै हुनुहुन्छ होला ।

अस्ति भर्खर गणेश दाजुको छोरो (साइलाबुबाको नाति) ले भाउजुको माेबाइलबाट ‘भ्वाइस म्यासेज’ पठाएको थियो । भन्दै थियो, ‘दिदी हजुर कहिले आउने ? दशैंमा आउनु, हस ? मैले हजुरलाई सम्झिरहेको छु।’ पाँच वर्षको उसकाे कलिलो आवाजले माया भरिएका शब्दमा यसो भनिरहँदा एक पटक त भक्कानिएकी थिँए । आज आउने बित्तिकै उसले मलाई नै खोज्दो हो र नदेखेपछि दिदी खै भनेर सोध्दो हो पनि।

अष्टिमीको दिन काटेको खसीको मासुको गन्धलाई बिहानै घर आँगन लिपेको गोबर, फक्रँदै गरेको सयपत्री, ढोकामा लगाउन र पुजा गर्न ल्याइएको दुबो, अगरबत्ति र दहिमा मुछेको अक्षताको बासनाले छिचोल्दै होला । दशैंको माहोल त घरमा बनिसकेको होला तर हजुरहरुको मन बन्न सकेको छैन् । मलाई थाहा छ ममी, हजुरहरुलाई मबिनाकाे दशैं मनाउन पटक्कै मन थिएन । मलाई यो पनि थाहा छ कि, हजुरहरु दशैं मनाइरहनु भएको छैन, देखाइरहनु  भएको मात्र छ । र औपचारिकता मात्रै पूरा गरिरहनुभएको छ ।

अष्टिमीको दिन काटेको खसीको मासुको गन्धलाई बिहानै घर आँगन लिपेको गोबर, फक्रँदै गरेको सयपत्री, ढोकामा लगाउन र पुजा गर्न ल्याइएको दुबो, अगरबत्ति र दहिमा मुछेको अक्षताको बासनाले छिचोल्दै होला । मलाई थाहा छ ममी, हजुरहरुलाई मबिनाकाे दशैं मनाउन पटक्कै मन थिएन ।

मलाई नढाँटी भन्नु त ममी, यतिबेलासम्म हजुर कतिपटक कोठाभित्र पसेर भक्कानिदैं मन सम्हालेर फर्किनुभयो ? कतिपटक आँशु थाम्न नसकेर भित्र पसेर धित मरुन्जेल रूनुभयो ?

९० वर्ष पुग्दै लागेकी हजुरआमाको चाउरी परेर तुर्लङ्ग झुन्डिएका गाला सुमसुम्याउन मेरा हातलाई कति हतार थियो ? छेउमा बसेर ड्याडीले अरुसँग बोलिरहँदा चलेका उहाँका ओठहरु नियाल्न पनि कम्ता मन थिएन । म आउने बेला बोलि फुट्न लागेकी कान्छा दाजुकी छोरीले दिदी भनेको सुन्न  खुब प्रतिक्षा थियाे मेरा कानलाई पनि । ममीले बनाएको खानाको स्वाद लिन जिब्रोलाई हतार थियो ।  दुई महिना अघिदेखि कहिले आउँछेस भनेर हैरान बनाउने साथीहरुसँग कमली आन्टिको पसलमा बसेर एउटै प्लेटमा चटपटे खान, उनीहरुसँगै पीङ खेल्न मात्रै होइन, घरपरिवारसँगै दशैं मनाउन मेरो मनलाई खुब हतार थियो । तर सकिन ।

मिलेसम्म र सम्भव भएसम्म आउँछु त भनेकै थिएँ। हजुरहरुले नै सिकाउनुभएको थियो नि, आज्ञाकारी हुनु भनेर । हाे, आज मैले हजुरले भनेजस्तै सरकारको आज्ञाकारी नागरिक बन्न मेरा अरू साथीहरू जस्तै परिवारसँगै बसेर दशैं मनाउन नपाएकी मात्रै हुँ । कोरोना फैलन नदिन सरकारले जो जहाँ छ, त्यहिँ बसेर दशैं मनाउन अनुरोध गरिरहेको पनि यहाँहरूले सुन्नु भएकै छ । हाे, मैले पनि सरकारकाे यही अनुरोध अस्वीकार गर्न सकिन ममी !

९० वर्ष पुग्दै लागेकी हजुरआमाको चाउरी परेर तुर्लङ्ग झुन्डिएका गाला सुमसुम्याउन मेरा हातलाई कति हतार थियो ? छेउमा बसेर ड्याडीले अरुसँग बोलिरहँदा चलेका उहाँका ओठहरु नियाल्न पनि कम्ता मन थिएन । म आउने बेला बोलि फुट्न लागेकी कान्छा दाजुकी छोरीले दिदी भनेको सुन्न  खुब प्रतिक्षा थियाे मेरा कानलाई पनि ।

यहाँ सँगै बसेर काम गर्ने सहकर्मीहरुलाई पनि भटाभट कोरोना देखिन थालेको छ । दिउँसो कुनै काम विशेषले भेटिएका साथीहरु साँझ फेसबुकमा स्टाटस राख्छन्, ‘मलाई कोरोना पोजेटिभ देखियो, सम्पर्कमा आउने साथीहरु सतर्क रहनुहोला’ भनेर । यस्तो जोखिमै जोखिममा बसेकी मैले कोरोना बोकेर घर आएँ भने घर र गाउँ कसरी सुरक्षित हुन सक्छ ? ‘कोरोना परीक्षण गराएर भए पनि आइज’  भन्दै हुनुहुन्थ्यो, ड्याडीले पनि। परीक्षण गरेरै आए पनि यात्राका क्रममा कोही कतैबाट नसर्ला भन्न कहाँ सकिन्छ र याे डरलाग्दाे काेराेना । ज्यान रहे त दशैं वर्षैपिच्छे आउँछ नि ! म एक दशैंको आर्शिवादको लागि सँधैको दशैंको आर्शिवाद आफैंँले कसरी लुट्न सक्छु ! ममी हेर्नु त,  तपाइँकी सानी छोरीले कति बुझ्ने कुरा गरेकी छे । अब खुशी हुनुस् है !

हेर्नुहाेस् न ममी, थोरै दु:ख त मलाइ पनि लागेको छ । पहिलो पटक दशैंमा घरभन्दा बाहिर एक्लै छु । तर म रोएकी भने पटक्कै छैन् । बडादशैंको अवसरमा अफिसमै टीका लगाउने कार्यक्रम छ । तपाइँकी छाेरी मात्र हाेइन, दशैंका बेला याे सुनसान शहरमा छुटेका सुनसान मनहरू अरू धेरै छन् । हाम्रै अफिसका केही साथी बिदामा भएपनि यहाँ जति छाैँ, त्यसमै पारिवारीक वातावरण छ । हाँस्दै, रमाइलो गर्दै सबजना घरको न्यास्रो मेटाउने प्रयास गरिरहेका छौँ ।

म भने पहिलो पटक घरबाहिर, परिवारबाट टाढा अफिस र अफिससँगको दशैंको नयाँ अनुभव संगालिरहेकी छु । म एकदम खुशी छु । दु:ख त त्यसबेला लाग्छ, जब घरमा सबैजना मेरो अभाव महसुस गर्नुहुन्छ, मलाई सम्झेर दु:खी बन्नुहुन्छ । त्यसैले मलाई खुशी बनाउन हजुरहरु पनि खुशी भएर दशैं मनाउनु है ममी !

हजुरहरू, सम्पूर्ण परिवार र हाम्रा प्रीय गाउँलेहरूलाई दशैंकाे धेरै – धेरै शुभकामना । काेराेनाबाट बच्न विशेष ख्याल गर्नुहाेला है !

 

मिलेसम्म र सम्भव भएसम्म आउँछु त भनेकै थिएँ। ममी हजुरहरुले नै सिकाउनुभएको थियो नि, आज्ञाकारी हुनु भनेर ? हाे, आज मैले हजुरले भनेजस्तै सरकारको आज्ञाकारी नागरिक बन्न मेरा अरू साथिहरू जस्तै हजुरहरूसँगै बसेर दशै मनाउन नपाएकी मात्रै हुँ । कोरोना फैलन नदिन सरकारले जो जहाँ छ, त्यहिँ बसेर दशैं मनाउन अनुरोध गरिरहेको पनि यहाँहरूले सुन्नु भएकै छ । हाे, मैले पनि सरकारकाे यही अनुरोध अस्वीकार गर्न सकिन ममी !

                                                                                                                                        -हजुरहरूकी प्यारी छाेरी

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गत सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको मन्तव्यलाई…

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।