Logo मंसिर ११, २०७७ बिहीबार


कोरोना पुनः फैलिन थालेपछि स्पेनमा राष्ट्रिय आपतकाल घोषणा

काठमाडौं । कोरोना महामारीका रुपमा पुनः फैलिन थालेपछि स्पेनमा राष्ट्रिय आपतकाल घोषणा गरिएको छ । स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले राती ११ देखि बिहान ६ बजेसम्मका लागि कर्फ्यू लगाउने निर्णय गरिएको जानकारी दिँदै आपतकाल घोषणा गरेका हुन ।

आपतकालभर स्थानीय अधिकारीहरुलाई देश बाहिर जान प्रतिबन्ध लगाइएको छ । बर्षको शुरुमा देशमा लकडाउन लागू गरेको स्पेनमा झन–झन कोरानाको महामारी बढ्न थालेपछि प्रधानमन्त्री पेद्रोले पुनः देश लकडाउनको स्थितीमा आउन सक्ने संकेत समेत गरेका छन् ।

जाडोयाम शुरु भएसँगै युरोपका कयौं राष्ट्रहरुमा कोराना महामारी झन भयावह बन्दै गएको र नियन्त्रणका लागि भन्दै विभिन्न देशले लकडाउन घोषणा गरिसकेका छन् । इटलीमा एक साताको लागि विभिन्न क्षेत्रमा प्रतिबन्ध लगाइएको छ भने फ्रान्समा रातको १० बजेपछी रेष्टुराँ र पबहरु खोल्न नपाइने नियम लागू गरिएको छ ।

फ्रान्समा मात्रै पछिल्लो २४ घण्टामा ५२ हजार भन्दा बढी कोरोना संक्रमित थपिएको अन्तराष्ट्रिय समाचार माध्यमले जनाएका छन् । (एजेन्सी)

 

प्रतिक्रिया दिनुहोस्
विशेष

पार्टीमा केही राजनीतिक विवाद देखिएपनि समाधान हुने भएकाले अत्तालिन नपर्ने उहाँले बताउनुभयो ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा २३ जनाले ज्यान गुमाएका छन्।

आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माण लगायतका विषयमा पनि छलफल गरिएको श्रृंगलाले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य गगन थापाले नागपोखरी-भगवती बहाल क्षेत्रलाई नारायणहिटी संग्रहालयसँग राखेर विकास गर्नुपर्ने बताउनुभयो ।

पदमार्ग बनेपछि धार्मिक पर्यटकदेखि गाउँका सर्वसाधारणको आउजाउसमेत सहज बन्ने छ ।

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनै जनाकाे पहिचान खुलेकाे छ…