Logo बैशाख २, २०७८ बिहीबार


हुम्लाका महिलालाई निःशुल्क सेनेटरी प्याड

हुम्ला । जिल्लाको को उत्तर नाम्खा गाउँपालिकाका १ सय ५० महिलालाई निःशुल्क सेनिटरी प्याड सहयोग गरिएको छ । नाम्खा–१ मा रहेका २ सय ४० घरधुरी मध्येका १३ वर्षदेखि ४० वर्षसम्मका १ सय ५० महिलालाई निःशुल्क सहयोग गरिएको हो ।

हुम्लाका दूरजराजमा रहेका युवती तथा महिलाहरु महिनावारीको समयमा गाउँघरकै परम्पराअनुसार प्याड, कपडा कुनै पनि साधन प्रयोग नगर्ने भएका कारण उनीहरुको बानी बसाल्न काठमाडौंमा रहेको माउण्टेन चिल्ड्रेन संस्थाले निःशुल्क सहयोग गरेको वडाध्यक्ष प्रेम लामाले जानकारी दिनुभयो ।

विद्यालयमा अध्ययनरत केही छात्रा र सदरमुकाम सिमकोट बाहेक अन्य ग्रामीण बस्तीमा रहेका हुम्लाका महिलाहरुले सेनिटरी प्याडको कमै मात्र प्रयोग गर्ने गरेको पाइएको जिल्ला अस्पतालका वरिष्ठ अनमी सरिता बोहराले बताउनुभयो ।

यस्तै, २ सय ४० घरधुरी रहेको वडा नं १ को धिगाँ र गाडापारी गाउँमा प्रति घरधुरीलाई सरसफाइका सामग्री सहयोग गरिएको छ । सोही संस्थाले वडा कार्यालयको समन्वयमा वडा नं १ का प्रतिघरलाई एक काल्टिन र एक पानी फिल्टर सहयोग गरेको वडाध्यक्षले लामाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । नेपाली कांग्रेस र माओवादी…

कास्की। माओवादी केन्द्रको समर्थनमा नेपाली काँग्रेसले गण्डकी प्रदेश सरकारको नेतृत्व गर्ने सम्भावना बढ्दै जाँदा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वकाे सरकारकाे दिनगन्ती…

हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली भइ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

घरायसी तनाव बढ्नेछ। विश्वास घात हुन सक्नेछ। मनमा शंकाले दु:ख दिनेछ ।

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।