Logo मंसिर ८, २०७७ सोमबार


‘स्वास्थ्य मापदण्ड पालना गरेर दशैं मनाऔँ’

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पालना गरेर दशैं मनाउन आग्रह गर्नुभएको छ । राष्ट्रपति भण्डारीले बडादशैंको शुभकामना दिँदै सोमबार कोरोना महामारीको जोखिम बढेकाले सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पूरा गरेर मात्र दशैं मनाउन आग्रह गर्नुभएको हो ।

उहाँले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्वद्धन गर्न समेत आह्वान गर्नुभएको छ । आफू र आफ्नो परिवारसमेत सचेत र सजग हुँदै सुरक्षाका उपायहरू अवलम्बन गर्नु सबैको दायित्व हुन हुने राष्ट्रपति भण्डारीको भनाइ छ ।

दशैंले क्रोध, लोभ, अन्याय, अत्याचार, रोग, व्याधि तथा भोक र शोकले व्याप्त अनेक असत्यताको अन्त्य गर्दै सामाजिक एकता, आपसी सदभाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने राष्ट्रपति भण्डारीको विश्वास छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

अध्यागमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अहिले विधायन व्यवस्थापन समितिमा छलफलका क्रममा रहेको छ ।

महाशाखामा साेमबार एक कार्यक्रमको आयोजना गरी भट्टराईको स्वागत र ढकालको विदाई गरिएको छ ।

मन्त्रालयले दिएकाे जानकारी अनुसार पछिल्लाे २४ घण्टामा देशभर ३ हजार ४३ जना संक्रमित कोरोनामुक्त भएका छन्।

प्रधानमन्त्री ओलीले घुन्साको कञ्चनजङ्घा क्षेत्र सबै पर्यटकका लागि खुला गर्ने सरकारको योजना रहेको जानकारी दिनुभयो ।

पहिलो चरणमा मुख्य सडकमा दायाँबायाँ सडक चिह्नले मात्रै छुट्याइएकाेमा अब डिभाइडर राखिने भएको छ ।

अमेरिकाको मेरील्याण्ड राज्यको निर्वाचन क्षेत्र संख्या ८ बाट विधानसभा सदस्यमा बिजयी भएका ह्यारी भण्डारीले दोश्रो कार्यकालको लागि उम्मेदवारी दिनुहुने भएकाे…