Logo मंसिर ९, २०७७ मंगलबार


काेराेना संक्रमणबाट थप सात जनाकाे मृत्यु

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेशमा ४, सुनसरीमा दुई र चितवनमा एक जना गरी थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा नवलपरासी गैंडाकोट ५ का ७३ वर्षीय पुरुष नवलपरासी कावासोती २ का ७७ बर्षीय पुरुष कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १५ का ७८ वर्षीय महिला रहेका छन् । पोखरा–५ का ५५ वर्षीय पुरुषको पनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको प्रदेश निर्देशनालयले जनाएको छ ।

यस्तै, सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा दुईजनाको मृत्यु भएको छ । मोरङका पथरी शनिश्चरे नगरपालिका वडा नं ३ का ६३ वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका वडा नं १६ की ८३ वर्षीय महिलाको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत ७७ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

यसैबीच गण्डकी प्रदेशमा साेमबार थप २ सय ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार ७ सय ११ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गत सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको मन्तव्यलाई…

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।