Logo मंसिर ९, २०७७ मंगलबार


राष्ट्रपतिद्वारा आमाकाे हातबाट टीका तथा जमरा ग्रहण

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीका अवसरमा आमा मिथिला पाण्डेका हातबाट टीका र जमरा ग्रहण गर्नूभएको छ । राष्ट्रपति भण्डारीले १० बजेर १९ मिनेटको शुभसाइतमा राष्ट्रपति कार्यालय, शीतल निवासमा टीका र जमराका साथै आशीर्वाद ग्रहण गरेको राष्ट्रपतिका स्वकीय सहसचिव शिव भट्टराईले जानकारी दिनुभएकाे हाे ।

उहाँले गुरु खेमचन्द्र ढकालबाट पनि टीका र जमरा ग्रहण गर्नूभएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीले छोरी, ज्वाइँहरू उषाकिरण, निशाकुसुम, उमेश थापा र अभिषेक यादव तथा दुई नातिनी एवं पाश्र्ववर्तीहरूलाई समेत टीका लगाइदिनुभएको छ ।

यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले पत्नी राधिका शाक्यलाई बडादसैँको टीका लगाइदिनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उहाँले धर्मपत्नी शाक्यलाई धार्मिक विधिपूर्वक टीका तथा जमरा लगाइदिनु भएको छ। कोरोना सङ्क्रमणको सम्भावित जोखिमलाई ध्यानमा राखी प्रधानमन्त्रीबाट यस वर्ष प्रधानमन्त्री निवासमा हुने बडादसैँको सार्वजनिक टीका कार्यक्रम’ नराखिएको उहाँका प्रेस सल्लाहाकार सुर्य थापाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले भने यस वर्ष विजया दशमीको दिन टीका लगाउनुभएको छैन । बुबा मोहनप्रसाद ओली झापामा रहनुभएकाले उहाँले यस वर्ष टीका लगाउन नपाउनुभएको बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गत सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको मन्तव्यलाई…

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।