Logo मंसिर ९, २०७७ मंगलबार


खुलामञ्चमा ३ सय जनाले लगाए दशैंको सामूहिक टीका

काठमाडौं । काठमाडौंको खुलामञ्चमा झण्डै ३ सय जनाले दशैंको टीका सामूहिक रुपमा लगाएका छन् ।

लकडाउन सुरु भएदेखि सर्वसाधारणलाई निःशुल्क खाना खुवाइरहेको हाम्रो टीम नेपालले खुलामञ्चमा सर्वसाधारणलाई टीका लगाइदिएको हो ।

खुलामञ्चमा बाँडिने खाना नियमित खाँदै आइरहेकाहरुलाई हाम्रो टीम नेपालले टीका लगाएर दक्षिणा समेत दिएको छ । यस्तै दशैंको अवसरमा मासुभात पनि खुवाइएको हाम्रो टीम नेपालका संस्थापक अध्यक्ष विमल पन्तले बताउनुभयो ।

टिमले ७ महिनादेखि निरन्तर खुलामञ्चमा खाना खुवाउदै आएको छ ।

कोरोना संक्रमणको कारण रोजगारी गुमाएकाहरु रोजगारीमा नफर्किएसम्म निःशुल्क खाना वितरण गरिने अध्यक्ष पन्तले बतााउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।

सामुहिक काममा अलमल हुनेछ । विरोधीसँग विवाद हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।