Logo बैशाख ३१, २०७८ शुक्रबार


अमेरिकी विदेश मन्त्री र रक्षा मन्त्रीद्वारा भारत भ्रमणकाे तयारी

काठमाडाैं । संयुक्तराज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओ र रक्षामन्त्री मार्क एस्पर भारत भ्रमणमा आउने भएका छन् । भारत–अमेरिका मन्त्रीस्तरीय बैठकका लागि उनीहरू भारत आउन लागेका हुन् ।

बैठकमा खासगरी विस्तृत विश्वव्यापी रणनीतिक साझेदारी तथा भारत–प्रशान्त क्षेत्रमा स्थायित्व र समृद्धि प्रबर्द्धनका लागि सहयोग बढाउने बारेमा छलफल हुनेछ । भारतीय प्रतिनिधिमण्डलमा विदेशमन्त्री एस जयशंकर र रक्षामन्त्री राजनाथ सिंह रहने बताइएको छ । भारत र अमेरिका बीचको यो तेस्रो उच्चस्तरीय बैठक हो ।

अमेरिकी विदेशमन्त्री पोम्पेओले ट्वीट गर्दै भारत, श्रीलंका, माल्दिभ्स र इन्डोनेसियाको भ्रमणमा जाने जानकारी दिएका हुन् । स्वतन्त्र र खुला इन्डो–प्यासिफिक क्षेत्रका मुलुकहरुबीच अझ स्वतन्त्र, सुदृढ र समृद्ध मुलुकको निर्माणमा साझा धारणा बनाउनु भ्रमणको मुख्य उद्देश्य भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…