Logo मंसिर ९, २०७७ मंगलबार


चीनमा एक जनामा काेराेना पुष्टि, परीक्षण व्यापक

काठमाडाैं । चीनको सिन्जिया प्रान्तमा एकजनालाई कोरोना संक्रमण पुष्टि भएपछि बृहत परीक्षण गरिने भएको छ ।
सिन्जियाङको काशगार शहरका विद्यालयहरू बन्द गराइएको छ । परीक्षण रिपोर्ट निगेटिभ नआएसम्म त्यहाँका बासिन्दालाई शहर नछोड्न आदेश दिइएको बीबीसीले जनाएको छ ।

सिन्जियाङको काशगार शहरमा करिब ४७ लाख मानिसको परीक्षण गरिन लागिएको बताइएको छ । त्यहाँ अहिलेसम्म लक्षण नदेखिएका १ सय ३८ सङ्क्रमित फेला परेकाे बताइएकाे छ । काशगार शहरको बाहिरी भेगकाे शुफु काउन्टीस्थित एउटा गार्मेन्ट कारखानामा काम गर्ने एक महिलामा पहिलो पटक लक्षणविनाको संक्रमण देखिएको हाे ।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार ’नियमित परीक्षण’का क्रममा ती महिलामा संक्रमण भएको पाइएको हो । चिनियाँ मुख्य भूभागमा विगत १० दिनयता पहिलो पटक कोरोना संक्रमित फेला परेका हुन् । ती महिलामा कोरोना देखिएपछि परीक्षण व्यापकरुपमा शुरु गरिएको बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गत सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको मन्तव्यलाई…

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।