Logo बैशाख ३१, २०७८ शुक्रबार


थप १,७४१ जनामा काेराेना संक्रमण पुष्टि

काठमाडाैं । नेपालमा थप १ हजार ७ सय ४१ जनामा कोराेना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५ हजार ६ पीसीआर परीक्षण गर्दा १ हजार ६४ पुरुष र ६ सय ७७ महिलामा संक्रमण पुष्टि भएको जनाएको हाे ।

काठमाडौं उपत्यकामा ८ सय ९४ जना कोरोना संक्रमित भेटिएका छन् । जसमा काठमाडौंमा ६ सय ७३, ललितपुरमा १ सय ४६ र भक्तपुरमा ७६ जना कोरोना संक्रमित भेटिएका छन् । हाल काठमाडौं जिल्लामा सक्रिय संक्रमित १८ हजार ३ सय ७४, ललितपुरमा २ हजार ५ सय २० र भक्तपुरमा १ हजार ५ सय २० जना रहेका छन् ।

काठमाडौंमा १० हजार ५ सय एक जना, ललितपुरमा २ हजार ४ सय ९५ जना र भक्तपुरमा एक हजार ७ सय १९ जना होम क्वारेन्टिनमा रहेका छन् ।

यस्तै हालसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ५९ हजार ८ स य३० पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ४३ हजार २ सय ९२ रहेको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ५ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै हालसम्म १ लाख १५ हजार ६ सय ७५ जना कोरोना मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ६२ पुगेको छ । हासम्म १३ लाख ९८ हजार एक सय ७९ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभर दुई हजार ९ सय ६९ जना क्वारेन्टिनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…