Logo मंसिर ९, २०७७ मंगलबार


पूर्व सांसद मादेनको घरमा आगाेलागी

तस्बिर

ताप्लेजुङ । पूर्व सांसद सञ्चपाल मादेनको घरमा आगजनी भएको छ । फुङलिङ नगरपालिका–९ हाङदेवामा रहेको घर जल्दा ३९ लाख ६५ हजार मूल्य बराबरको क्षति भएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।

साेमबार दिउँसो घरमा कोहीपनि नभएको बेला आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट सांसद मादेनको घर पूर्ण रुपमा जलेको छ ।

आगलागीबाट घरमा सुकाएर राखेको ८ मन अलैंची, एक तोला सुन, १ लाख ५० हजार बराबरको पुस्तक, धान, मकै, कोदो, लत्ताकपडा लगायतका सामग्री जलेको मादेनले बताएका छन् ।

शरीरमा लगाएको कपडा बाहेकको केहीपनि सामग्री नजोगिएपछि फुङलिङ नगरपालिकाले राहत सामग्री पुर्याएको छ । मादेन पहिलो संविधासभामा तत्कालीन माओवादीबाट सांसद बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गत सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको मन्तव्यलाई…

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।