Logo मंसिर ९, २०७७ मंगलबार


मान्यजनबाट टीका लगाएर आशीर्वाद लिने क्रम जारी

काठमाडाैं । बडादशैंको अवसरमा आज पनि मान्यजनबाट टीका लगाई आशीर्वाद लिने क्रम जारी छ ।  हिजो विजयादशमीका दिन टीका लगाउन नभ्याएका र टाढा रहेकाले आजदेखि कोजागत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्छन् ।

देशका केही स्थान र समुदायमा भने हिजो एक दिन मात्रै टीका लगाउने चलन छ । पापमा अंकुश लगाउने विश्वासका साथ आजको दिनलाई ‘पापान्कुस’ एकादशी पनि भनिन्छ । घटस्थापनाका दिन राखेको जमरा कोजागत पूर्णिमाका दिन बिसर्जन गरेसँगै असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवीशक्तिको विजयका रूपमा मनाइने दशैं पर्व सकिन्छ ।

टीका थाप्न जानेको संख्या बढेसँगै काठमाडौंको शहरी क्षेत्रमा सर्वसाधारणको चहलपहल बढेको छ । दशैं मान्न राजधानी बाहिर गएकाहरु पनि आजदेखि फर्कन थालेका छन् ।

यता नेवार समुदायमा मान्यजनबाट विजयादशमीको टीका थाप्न छोरीज्वाइँसहित नातिनातिनालाई भोज बोलाउने चलन छ । जसलाई नेपाल भाषामा नखत्या भनिन्छ । यस्तो भोज पूर्णिमाको दिनसम्म बोलाउन सकिने प्रचलन छ । असन क्षेत्रका नेवार समुदायले आज अर्थात् एकादशीको दिन देवीको टीका थाप्ने परम्परा छ । यसलाई नेपाल भाषामा असं चालं भनिन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गत सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको मन्तव्यलाई…

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।