Logo मंसिर ९, २०७७ मंगलबार


हतियार प्रयोग गरी पुजारीको हत्या

नवलपरासी । यहाँ धारिलो हतियार प्रयोग गरी हत्या गरिएका अवस्थामा एक पुरुषको शव फेला परेको छ । जिल्लाको बर्दघाट सुस्ता पश्चिम मासुस्ता गाउँपालिका–४ नर्सहीस्थित पच्छिमडारी बस्ने ७५ वर्षीय महगु केवटको शव सोमबार फेला परेको हो ।

केवट स्थानीय मन्दिरका पुजारी हुनुहुन्थ्यो। उहाँको आफ्नै कुटी नजीकै धारिलो हतियार प्रयोग गरी हत्या गरिएको र हत्याराको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

घटनाका विषयमा थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गत सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको मन्तव्यलाई…

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।