Logo मंसिर ११, २०७७ बिहीबार


पैदलयात्रीले शव देखेर प्रहरीलाई खबर गरेपछि…

         सांकेतिक तस्बिर 

भक्तपुर । गत आइतबार बिहान पैदलयात्रीले शव देखेर प्रहरीलाई खबर गरेपछि अनुसन्धानका क्रममा प्रहरीले दुईलाई पक्राउ गर्यो । प्रहरी अनुसन्धानका क्रममा आरोपितले घटना स्वीकार गरेको भक्तपुरकी प्रमुख प्रहरी उपरीक्षक तारादेवी थापाको भनाइ छ ।

पक्राउ परेका दुवै जनालाई नगरपालिकाको वडा नम्बर १ इँटापाकोस्थित मेटल कारखानामा कार्यरत ३५ वर्षीय भारतीय नागरिक शाहीव हुसैनको हत्याको अभियोगमा लागेको छ । उनीहरु भारतको उत्तर प्रदेश मुरादाबाद कुन्दरकीमा घर भएर भक्तपुर बस्दै आएको खुलेको छ ।

भक्तपुर ईटापाको मेटल कारखानामा बस्ने १९ वर्षीय सानु अन्सारी र भारत उत्तर प्रदेश मुरादाबाद मोहलपुर घर भई हाल सोही कारखानामा बस्दै आएका २३ वर्षीय सलमान खानलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुर प्रष्ट पारेको छ ।

शनिबार राति करिब ९ बजेको समयमा ३ जना सँगै बसेर मदिरा सेवन गरेकाे खुलेकाे छ । मदिराको उन्माद चढ्दै गएपछि सलमानकी प्रेमिकालाई शहीदले अपशब्द प्रयोग गरेको सलमानले प्रहरीलाई बताएका छन ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले मदिरा पिइसकेपछि कोठामा फर्कने क्रममा खान र अन्सारी मिलेर ढुंगा तथा इँटाले शहीदको मुख र टाउकोमा हानेर हत्या गरी नर्कटघारीमा शव खसालेको निश्कर्ष निकालेको छ । घटनाबारे अनुसन्धान जारी राखिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पार्टीमा केही राजनीतिक विवाद देखिएपनि समाधान हुने भएकाले अत्तालिन नपर्ने उहाँले बताउनुभयो ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा २३ जनाले ज्यान गुमाएका छन्।

आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माण लगायतका विषयमा पनि छलफल गरिएको श्रृंगलाले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य गगन थापाले नागपोखरी-भगवती बहाल क्षेत्रलाई नारायणहिटी संग्रहालयसँग राखेर विकास गर्नुपर्ने बताउनुभयो ।

पदमार्ग बनेपछि धार्मिक पर्यटकदेखि गाउँका सर्वसाधारणको आउजाउसमेत सहज बन्ने छ ।

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनै जनाकाे पहिचान खुलेकाे छ…