Logo मंसिर १०, २०७७ बुधबार


अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा ब्यारेट नियुक्त

अमेरिका । अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा एमी कोनी ब्यारेट नियुक्त हुनुभएको छ । निर्वाचन अगावै राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यायाधीशका लागि सिफारिस गरेकी ब्यारेट न्यायाधीश नियुक्त हुनुभएको हो ।

एमी नियुक्त भएसँगै अमेरिकाको सर्वोच्च अदालतमा कन्जरभेटिभ न्यायाधीशको ६ – ३ को बहुमत भएको छ ।

एकजना सिनेटर सुसन कोलिन्सले भने पार्टीको लाइनभन्दा बाहिर ब्यारेटविरुद्ध डेमोक्रेटका पक्षमा मतदान गरेका थिए । रिपब्लिनकले एक कार्यकालमा नियुक्त गरेकी ब्यारेट तेस्रो न्यायाधीश हुन् । सन् २०१७ मा निल गोरसच र सन् २०१८ मा ब्रेट काभानुगलाई नियुक्त गरेका थिए ।

सोसल कन्जरभेटिककी प्रिय एमीलाई ट्रम्पले उदारवादी न्यायाधीश रुथ बेडर गिन्सबर्गको स्थानमा नियुक्तिका लागि मनोनित गरेका थिए । ह्‌वाइट हाउसको रोज गार्डेनमा मनोनयन घोषणा गर्दै ट्रम्पले एमीलाई अतुलनीय उपलब्धि हासिल गर्नेु महिलाका रुपमा परिभाषित गरेका थिए ।

माथिल्लो सदनले उनको  नाम पारित गरेपछि एमीले सर्वोच्च अदालतमा ८७ वर्षको उमेरमा दिवंगत भएकी न्यायाधीश गिन्सबर्गको स्थान लिनुभएकाे हाे ।

चार वर्षअघि सन् २०१६ मा भने चुनावभन्दा १० महिनाअघि नै खाली भएको पदमा नियुक्ति गर्न खोज्दा पनि सिनेटमा रिपब्लिकन नेताहरुले चुनाव वर्षमा नियुक्त गर्न नहुने भन्दै रोकेका थिए ।  एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्
विशेष

अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलको जस्तै बुझाइ नेकपाको दोस्रो पुस्ताका अधिकांश नेता/ कार्यकर्ताहरुले व्यक्त  गरिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिकमा तीन हजार १ सय ४० निको भएका छन् ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दशमलव ८ डिग्री र सबैभन्दा धेरै धनगढीको न्यूनतम तापक्रम १२ दशमलव ५ डिग्री…

अहिले शेयर बजारका लागि हरेक हिसाबले उपयुक्त महोल बनेकाले लगानीकर्ताले लगानी बढाएको देखिन्छ ।

पर्यटक विहीन बनेको ठमेल बजारमा केही दिनयता स्वदेशी उपभोक्ताको चहलपहल बढेको ठमेलका व्यपारीहरुले बताएका छन् ।

कृषि सामग्री कम्पनी लिमिटेडले गत कात्तिक २८ गते ३० हजार मेट्रिक टन बराबरको दोस्रो ठेक्कामा पनि जमानत जफत गर्ने निर्णय…